पोखरा, ११ जेठ / गण्डकी प्रदेश सभाको वर्षे अधिवेशन आइतबारदेखी पोखरा सभागृहमा सुरु भएको छ । प्रदेश सभामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले कोरोना भाइरस चुनौती नभए अवसर भएको बताए ।
मुख्यमन्त्री गुरुङले कोरोना भाइरस चुनौती मात्र नभएर अवसरका रुपमा लिएर विकास गर्नु पर्ने बताए । उनले स्वास्थ्यको पूर्वाधारमा निकै कमजोर रहेको नेपालले स्वास्थ्य क्षेत्रमा पूर्वाधार विकास गर्ने अवसरका रुपमा लिनु पर्ने बताए ।
उनले सबै जिल्ला अस्पतालहरुको स्तरउन्नती गर्न गण्डकी प्रदेश सरकारले बजेटमा ध्यान दिने बताए । मुख्यमन्त्री गुरुङ कोरोना संक्रमण देखिएका सबै विरामीको उपचार प्रदेश सरकारले गर्ने उल्लेख गरे । कोरोनाका लागि खटिएर कामगर्ने स्वास्थ्यकर्मी, कर्मचारीलाई ३० लाखको स्वास्थ्य बिमा गर्ने मुख्यमन्त्री गुरुङले बताए । गण्डकी प्रदेशमा एक सय वेडको आइसोलेसन वेडको तयारी गरेको उनको भनाई छ ।
गुरुङले गण्डकी प्रदेश विश्व विद्यालय मार्फत पाँच सय वेडको टिचिङ अस्पताल सञ्चालन गर्ने प्रदेश सरकारको योजना रहेको बताए । गुरुङले फागुन मशान्तसम्म सबै योजनाहरु उत्साहको साथ सम्पन्न भएको बताए । मुख्यमन्त्री गुरुङले कोरोना संक्रमण चलिरहेमा सोसियल डिस्टेन्स कायम गरेर विकास निर्माणका आयोजनाहरुलाई संचालन गर्ने बताए ।
प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपालीले कोरोना भाइरसको नियन्त्रण गण्डकी प्रदेशको चुनौतीहरु अझ बाँकी रहेको बताए । उनले सरकारले समय हुँदाहुँदै पनि प्रदेश सरकारको तयारी नभएको आरोप लगाए । गण्डकी प्रदेशमा कोरोना नियन्त्रणका लागि प्रदेश सरकारले छुट्टै अस्पताल बनाउन नसकेको कारण धेरै बिरामीहरुले दुःख पाएको बताए । कोरोनामा मारमा परेका सबैलाई राहत पुग्ने प्याकेज ल्याउन प्रदेश सरकारलाई सुझाब दिए । उनले हिउँदे अधिवेशनमा उठाएका केहि विषयहरु आजसम्म पनि सम्बोधन नभएको भन्दै सम्बोधन गर्न माग गरे ।
अधिवेशनमा राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण, थापा, समाजवादी पार्टीका संसद हरिशरण आचार्यले कोरोनाको महामारीमा पनि भ्रष्टाचार बढेको भन्दै खेद प्रकट गरेका थिए । गण्डकी प्रदेशको अर्को बैठक जेठ १३ गते १ बजे बस्ने गरेर सकिएको सभामुख नेत्रनाथ अधिकारीले जानकारी गराएका थिए । गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचरले पठाएको शुभकामना सन्देश पढेर सुनाएका थिए ।
अधिवेशनमा सरकारका नीति तथा कार्यक्रम र बजेट सहित विभिन्न विधेयकहरुमाथि छलफल हुने छन् । असार १ मा बजेट सार्वजनिक गर्नुपर्ने भएकोले तयारी स्वरुप अधिवेशन सुरु भएको हो । संसद् र सचिवालयमा ९ वटा विधेयक छ । ४ वटा नयाँ दर्ता गरिएको छ भने ३ वटा विधायन समितिमा छलफल कै क्रममा छन् । २ वटा विधेयक विधायन समितिबाट पास भएर संसद्मा ‘टेवुल’ भैसकेको छ । छैठौं अधिवेशनमा बजेट र नीति तथा कार्यक्रमसँगै केही विधेयक पनि पास हुनेछन् ।
गण्डकी प्रदेश संसदमा सम्बोधन गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ
गण्डकी प्रदेश संसदमा सम्बोधन गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ
Posted by Ganthan.com on Sunday, May 24, 2020