गण्डकी प्रदेशका चार गते चार निर्णय

पोखरा, ४ जेठ / गण्डकी प्रदेश सरकारले ११ वटै जिल्ला अस्पताललाई नयाँ गाडी किने निर्णय गरको छ ।

आइतबार बसेको मन्त्रीपरिषद् बैठकले ११ वटै जिल्ला अस्पताललाई स्कारपिओ गाडी खरिद गर्ने निर्णय गरेको गण्डकी प्रदेशका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

त्यसै गरि बैठकले तनँहुमा विद्युतीय शवदाह गृह निर्माणका लागि भारतबाट ल्याउने मेसिनका लागि केन्द्र सरकार सगँ भन्सार छुट गर्न र ढुवानीका लागि व्यवस्थापन गर्न माग गरेको छ ।

बजेट अधिबेसन जेठ ११ गते १ बजे पोखरा सभागृहमा बोलाउने निर्णय प्रदेशप्रमुखलाई सिफारीस गर्ने निर्णय गरेको बस्नेतले जानकारी दिए ।

त्यसै गरी साना उद्यमीहरुलाई उपकरण हस्तान्तरणका लागि कार्यविधि मन्त्रिपरिषद्बाट पास गरेको छ ।

गण्डकी प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सुनाउदै प्रवक्ता रामशरण बस्नेत

गण्डकी प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सुनाउदै प्रवक्ता रामशरण बस्नेत

Posted by Ganthan.com on Sunday, May 17, 2020

कमेन्टहरु
Loading...