गण्डकी प्रदेशमा आइसोलेसनमा रहेका ७ जना घर फर्किए, २४५ जना क्वारेन्टाइनमा

पोखरा, २४ चैत
कोरोनाको शंकामा गण्डकी प्रदेशका विभिन्न जिल्लामा आइसोलेसनमा रहेकाहरु घर फर्किएका छन् । पर्वतमा ४ जना, गोरखामा २ जना, म्यादीमा १ जना आइसोलेजनमा रहेकाहरु आइतबार घर फर्किएका हुन् ।

विदेशबाट आएका उनीहरुको स्वाब परीक्षण गर्दा नेगेटिभ आए पछि ७ जना घर फर्किएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले जानकारी दिए । कोरोना पोजेटिभ देखीएका दुई जनाको भने बागलुङको धौलागिरी अञ्चल अस्पतालमा उपचार भईरहेको छ । गण्डकी प्रदेशमा आइसोलेसनका लागि २ सय ९३ बेड तयारीमा छन् ।

गण्डकी प्रदेशबाट कोरोना भाइरस (कोभिड–१९) का ९३ जनाको नमुना संकलन गरेर परीक्षण गरेको छ । अहिले सम्म ९३ नमुना संकलन गरी परीक्षण गरेका मध्ये १८ वटाको रिर्पोट आएको छ । जसमा ७३ जनाको नेगेटिभ, २ को पोजेटिभ आएको छ ।

गण्डकी प्रदेशमा २ सय ४५ जना क्वारेन्टाइनमा रहेको उनले जानकारी दिए । गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा विदेशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखीएको हो । सबै भन्दा धेरै नवलपुरमा ६६ जना क्वारेन्टाइनमा राखीको छन् ।

कास्की र लमजुङमा ४६/४६ जना, बागलुङमा २६ जना, म्याग्दीमा २४ जना, स्याङजामा १३ जना, पर्वतमा ११ जना, मुस्ताङमा ७ जना, गोरखामा ४ जना, तनहुँ र मनाङ १/१ जना क्वारेन्टाइनमा रहेको शर्माले जानकारी दिए ।

त्यसै गरि होम क्वारेन्टाइनमा २ हजार ६ सय २० जना रहेको उनले जानकारी दिए । होम क्वारेन्टाइनमा सबै भन्दा धेरै बागलुङमा ८ सय १५ जना रहेका छन् । गण्डकी प्रदेशमा २ सय ३१ स्थानमा ४ हजार १ सय १ बेड क्षेमताका क्वारेनटाइनहरु स्थानीय सरकारहरुले निर्माण गरेका छन् ।

कमेन्टहरु
Loading...