गण्डकी प्रदेशमा थप १ जनामा कोरोना संक्रमण

पोखरा, ६ जेठ / गण्डकी प्रदेशमा थप १ जनामा कोरोना संक्रमण देखिएको लम्जुङका एक जनामा कोरोना संक्रमण देखीएको हो ।

लम्जुङमा मंगलबार एक जनामो कोरोना संक्रमण देखीएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा विकाश देवकोटाले जानकारी दिए ।

गण्डकी प्रदेशमा अहिले सम्म ४ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा दुई जना सन्चो भएर घर फर्किसकेका छन् ।

एक जना नवलपरासीका पुरुषको चितवनमा उपचार भइरहेको छ । नेपालमा अहिले सम्म ४ सय २ जनामा सक्रमण देखिएको छ भने २ जनाको मृत्यु भएको छ ।

३७ जना निको भएर घर फर्किसकेका छन् ।

कमेन्टहरु
Loading...