गण्डकी प्रदेशले कोरोना रोकथाम गर्न १५ करोड कोष स्थापना

पोखरा, १२ चैत / गण्डकी प्रदेश सरकारले कोरोना रोकथामका लागि १५ करोड रूपैयाँको कोष स्थापना गरेको छ ।

प्रदेश मन्त्रिपरिषदको बुधबार बसेको बैठकले कोष स्थापना गरेको प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

उनले अर्थमन्त्री किरण गुरूङ संयोजक रहेको समिति गठन गरेको छ । प्रदेश सरकारले कोरोनाका बिरामीको निःशुल्क उपचार भएको छ ।

गण्डकीले प्रदेशमा भएका ५० बेडमाथिका सबै अस्पतालका आइसोलेसन वार्ड अनिवार्य गरेको छ । क्वारेन्टाइनका लागि पनि ठाउँ छुट्याएको छ ।

प्रदेश सरकारले सबै ११ जिल्लाकै जिल्ला अस्पताललाई कोरोना रोकथाम गर्न यसअघि दिएको ५÷५ लाख र फेरि त्यति नै रकम थप्ने भएको जानकारी दिए ।

कमेन्टहरु
Loading...