गण्डकी प्रदेश कोरोना राहत कोषमा क्रसर व्यवसायीको पाँच लाख सहयोग

पोखरा, २२ वैशाख / गण्डकी क्रसर उद्योग व्यवसायी संघले गण्डकी प्रदेश कोरोना राहत कोषमा पाँच लाख रुपैया सहयोग गरेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गलाई संघका पदाधिकारीहरुले सोमबार पाँच लाख रुपैयाको चेक हस्तान्तरण गरेका हुन ।

संघका अध्यक्ष सुरेन्द्र त्रिपाठीको नेतृत्वमा सचिव छत्रधर आत्रेय, कोषाध्यक्ष रामकृष्ण मल्ल लगायतका व्यवसायीहरु मुख्यमन्त्री कार्यालय पुगेर कोरोना राहत कोषमा पाँचलाख रुपैयाको चेक हस्तान्तरण गरेका हुन ।

चेक ग्रहण गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ्गले विकास निर्मणका योजनाहरुमा कोरोनाको सावधानी अपनाउँदै संचालन गर्ने तयारी भैरहेको जानकारी दिएको संघका सचिव आत्रेय बताए ।
कोरोना संक्रमण र त्यसको नियन्त्रणका लागि गरिएको लकडाउनका नेपालकै जनजीवन र उद्योग धन्दा प्रभावित भएसँगै निर्माण क्षेत्रमा कच्चा सामाग्रीको आपूर्ति गर्ने गण्डकी प्रदेशका क्रसर उद्योगहरुमा पनि असर गरेको छ ।

लकडाउनका कारण विकास निर्माणका आयोजना संचालन नहँुदा त्यहाँ प्रयोग गरिने कच्चा पदार्थ गिट्टी, बालुवा र ढुंगा समेत आपूर्ति ठप्प भएको छ । लकडाउनका कारण गण्डकी क्षेत्रमा रहेका सम्पूर्ण क्रसर उद्योगहरु बन्द भएका छन् ।

कमेन्टहरु
Loading...