गण्डकी प्रदेश सभा दुई वर्ष, १ सय ४३ बैठक

पोखरा, २४ माघ / गण्डकी प्रदेश सभा स्थापना भएको बुधबार दुई वर्ष पुरा भएको छ । दुई वर्ष पुरा भएको अवसरमा बिहीबार गण्डकी प्रदेश पोखराले पत्रकार सम्मेलन गरे अहिले सम्म गरेका काम सन्तोष जनक रहेको बताएको छ ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सदन सहमतीकै आधारमा चलिरहेको बताए । उनले प्रदेश सरकारलाई आवश्यक विधेकहरु बनाएको बताउदै तिनका कार्वान्य नै अबको चुनौती भएको बताए । उनले प्रदेश सरकारलाई आवश्यक पर्ने कानून छिटो भन्दा छिटो निमार्ण गर्ने गरेको बताए ।

गण्डकी प्रदेश सभाले सम्शोधन सहित ३४ वटा विधेक पारित गरेको गण्डकी प्रदेश सभाका निर्मित सचिब राजेन्द्र आचार्यले बताए । उनले ३१ वटा विधेयक ३ वटा संसोधन सहित ३४ पारित गरेको बताए । त्यसै गरि ३ वटा विधेयक विधायन समितिमा दफाबार छलफलका क्रमा रहेको र २ वटा विधेयक सभामा विचारधिन रहेको जानकारी दिए ।

प्रदेश सभाको हालसम्म ५ वटा अधिबेशन सभा सञ्चालन भएको उनले जानकारी दिए । संसद बैठक अहिले सम्म १ सय ४३ पटक बसि सकेको बताए । सरकारले पेश गरेको पहिलो पुरक बजेट सहित ३ वटा नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । यस्तै, प्रदेश सभाले प्रदेशको नाम गण्डकी र राजधानी पोखरा चयन गरेको छ ।

कमेन्टहरु
Loading...