गण्डकी मेडिकल कलेजको आठौ बार्षिकोत्सव

पोखरा, २८ फागुन/ गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले आफ्नो आठौ बार्षिकोत्सवका अवसरमा शुक्रबार विविध कार्यक्रम गरेको छ। वार्षिकोत्सवका अवसरमा अस्पताल सरसफाई, सास्कृतिक कार्यक्रम र विद्यार्थीहरुलाई सम्मान गरेको हो।
लेखनाथ स्थित कलेजमा आयोजित कार्यक्रमको उद्घाटनगर्दै त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन सस्थानका डीन विमलकुमार सिन्हाले उच्च शिक्षा प्राप्तिपछि विद्यार्थीहरुले मानवीय सेवामा जोड दिनुपर्ने उल्लेख गरे। कार्यक्रममा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन सस्थानका सहायक डीन शरदराज वन्तले स्वास्थ्यकर्मीहरु सदैव आमनागरिकको स्वास्थ्यको सवालमा गम्भिर बन्नुपर्नेमा जोड दिए।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार खनाल, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका मेडिकल सुपरिटेण्डेन्ट डा श्रीकृष्ण श्रेष्ठ, नेशनल कलेज वीरगंजका निर्देशक बसुदिन अन्सारी लगायतले बोलेका थिए। कार्यक्रम गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष खुमाप्रसाद अर्यालको अध्यक्षतामा भएको थियो।

स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको टड्कारो अभाव भएकोभन्दै स्तरीय र गुणात्मक चिकित्सा तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित जनशक्ति उत्पादन गर्नका लागि वि.स २०६४ मा सो प्रा.लि सञ्चालनमा ल्याइएको हो। स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा जोडदिदै स्वास्थ्य सम्बन्धि अनुसन्धानलाई प्राथमिकता दिदै आएको दावी गरिएको छ।

कमेन्टहरु
Loading...