गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति पुगे

पोखरा, ११ असार / गण्डकी प्रदेशमा बिहीबार दिऊसो थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ६७ पुगेको छ ।

तनहुँको म्याग्दे गाउँपालिकामा ९ जना र नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिकामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जानकारी दिए ।

म्याग्देमा ७ पुरुष र २ महिला तथा विनयी त्रिवेणीमा ४ पुरुष र एक महिलामा संक्रमण भएको स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

बिहीबार विहान गण्डकी प्रदेशमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । स्याङ्जाका एक जना, बागलुङका २ जना, म्याग्दीका ६ जना, नवलपरासी पूर्वका २ जनामा कोरोना संक्रमण भएको थियो ।

कुन जिल्लामा कति

जिल्ला संक्रमित निको भएका मृत्यु जम्मा
बागलुङ १४२ २३   १४२
नवलपुर १८९ १२   १८९
स्याङजा १३५ २८ १३५
पर्वत ६८ १०   ६८
गोरखा ७२   ७२
कास्की ३४   ३४
म्याग्दी १४   १४
लमजुङ ११   ११
तनहुँ १००   १००
मनाङ    
मुस्ताङ    
जम्मा ७६७ ९१ ७६७

कमेन्टहरु
Loading...