पोखरा, १७ चैत / गण्डकी प्रदेशमा कोरोना भाइरसको आशंकामा लिईएको ३२ वटा परीक्षणका लागि आएका छन् । त्यस मध्ये २१ जनाको रिर्पोट आइसको छ ।
त्यस मध्ये २० जनाको नेगेटिभ आएको छ भने १ वटाको पोजेटिभ रिपोर्ट आएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले जानकारी दिए । पोजेटिभ बागलुङकी एक युवतीमा देखीएको थियो । उनको बागलुङ कै अस्पतालमा आइसोलेजनमा छन् ।
उनले सोमबार मात्रै ९ जनाको स्वाब परीक्षणका लागि आएको बताए । उनले कास्कीबाट ७ जना, स्याङजा, तनहुँबाट एक÷एक जनाको स्वाब परीक्षणका लागि आएको बताए ।
सोमबार आएको स्वाबलाई परीक्षणका लागि मंगलबार हेलिकप्टर मार्फत पठाउने बताए । ‘आज गाडीबाट पठाउदा ढिला हुने भयो,’ उनले भने ‘भोली मेसिन लिएर हेलिकप्टर आउदै छ, त्यसैमा पठाउने तयारी गरिएको छ ।’ कोरोना परीक्षणका लागि मेसिन भोली आउने भए पछि परीक्षण भोली देखीनै सञ्चालन गर्न नसकिने उनले बताए ।
पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा पछिल्लो दिनमा नमुना परीक्षण र उपचारका लागि विरामीहरु आउन थालेका छन् ।