पोखरामा एक जना सहित गण्डकी प्रदेशमा ७ जनामा कोरोना संक्रमण, ४९ लाई निको भयो

पोखरा, १४ असार / पोखरामा एक जना सहित गण्डकी प्रदेशका आइतबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८९५ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा भएको परीक्षणमा ७ जना संक्रमित भएको हुन् ।

बागलुङ र म्यादीका दुई/दुई जना, पर्वत, लम्जुङ र कास्कीको पोखरा महानगरपालिकामा एक/एक जनामा संक्रमण भएको हो ।

उनीहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

कोरोनको संक्रमण पुष्टी भई गण्डकी प्रदेशका विभिन्न जिल्लाको आईसोलेसन कक्षमा उपचाररत ४३ जना पुरुष र ६ जना महिला गरि ४९ जना निको भई आइतबार अस्पतालबाट घर फर्किएका छन् ।

यससंगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १७० पुगेको छ ।

कमेन्टहरु
Loading...