स्वतन्त्र पत्रकार कास्कीको साधारणसभा ७ गते

पोखरा, २५ माघ/स्वतन्त्र पत्रकार संघ कास्कीको साधारणसभा आगामी फागुन ७ गते पोखरामा हुने भएको छ । संघको शनिबार आयोजित बैठकले उक्त निर्णय गरेको हो । बैठकमा संघद्वारा सञ्चालित पत्रकार कल्याण कोषमा थप रकम जुटाउने र केन्द्रीय समितिद्वारा सञ्चालन गरिने ‘गोरखापत्र बाजे स्मृति कोष’मा रकम वृद्धि गर्न सहयोग गर्नेसमेत निर्णय गरिएको संघका उपाध्यक्ष अमृत घिमिरेले जानकारी दिए ।

बैठकमा साधारणसभा आयोजना गर्न अनुकुल स्थानको चयन गर्ने र कार्य बाँडफाँड गर्न समितिहरु गठन गर्ने निर्णय समेत गरेको छ । संघका अध्यक्ष दिपक के श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाको विशेष उपस्थिती रहेको थियो ।

कमेन्टहरु
Loading...