पुरस्कार वितरण गर्ने प्रतिभा छनोट समिति चयन

पोखरा, २० वैशाख/नेपाल पत्रकार महासंघ कास्की शाखाले विभिन्न पत्रकारिता पुरस्कार प्रदान गर्न आइतबार प्रतिभा छनोट समिति गठन गरेको छ ।

शाखाका अध्यक्ष रामकृष्ण ज्ञवालीको अध्यक्षतामा आइतबार बसेको बैठकले प्रतिभा छनोटको लागि चार समिति गठन गरेको हो । पोखरा पत्रकारिता पुरस्कार छनोट समितिमा बद्रीविनोद प्रतीक, कृष्णप्रसाद बास्तोला र कोमलनाथ बराल छन् ।

दयाशंकर स्मृति पत्रकारिता छनोट समितिमा नारायण कार्की, कुशुम केशव पराजुली र पुण्य पौडेल, गजेन्द्र भण्डारी सिर्जनशील पत्रकारिता पुरस्कार छनोट समितिमा नवराज सुवेदी, रमेश पौडेल र रुद्र भट्ट, मीना गुरुङ सिर्जनशील पत्रकारिता पुरस्कार छनोट समितिमा शान्ति गुरुङ, हेमराज बराल र शुष्मा पौडेल चयन भएका छन् ।

सवै प्रतिभा छनोट समितिमा अध्यक्ष रामकृष्ण ज्ञवाली र सचिव त्रिभुवन पौडेल पदेन सदस्य रहने व्यवस्था छ । छनोट समितिको पहिलो बैठकले संयोजक तोक्ने छन् ।

कमेन्टहरु
Loading...