फिर्के–बुलौदी सफाइ अभियान सातौ हप्तामा प्रवेश गर्दै

पोखरा, ३१ असार/फेवाताल संरक्षण गर्ने उद्देश्यले पोखरामा संचालित फिर्के–बुलौदी सफाइ अभियान सातौ हप्तामा प्रवेश गर्दैछ ।

हालसम्म करिब २१ हजार जनताको सहभागितामा पस्र्याङ फिर्के पुलसम्म आइपुग्दा मानव साङ्लो बनाइ २६ ट्रक फोहारमैला संकलन गरी बाच्छेबुडुवास्थित ल्याण्डफिल साइटमा पठाइएको अभियन्ता रामबहादुर पौडेलले बताए ।

हरेक साता सफाइ अभियानलाई सम्पदा संरक्षणका लागि ऐतिहासिक र सकारात्मक कदम भन्दै विभिन्न संघसंस्थाहरुको तर्फबाट ऐक्यबद्धता जनाउने बढ्दै छ । सातौ हप्ताको श्रृंखलालाई आफ्ना खेलाडीहरु सहित सरिक भइ ऐक्यबद्धता प्रकट गर्न लागेको जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष यामबहादुर गुरुङले जानकारी गराए ।

सातौ हप्ताको सफाइ अभियान साउन १ गते शनिबार बिहान ७ बजे नेपाल स्काउट कास्की कार्यालय परिसर टुँडाकोपाटनबाट गरिने अभियन्ता गोमा सुवेदीले जानकारी दिइन् ।

कमेन्टहरु
Loading...