फिर्के खोलामाथि मोटरेवल पुल अन्तिम चरणमा

पोखरा, ५ बैशाख /पोखरा नगर क्षेत्र भएर बग्ने फिर्के खोला माथिको मोटरेवल पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । व्यस्थित पुलको अभावमा खोला उर्लिदा सवारी सहित मानिस बगाउदा पटक पटक मृत्यु समेत भएको थियो ।

जिल्ला विकास समितिको योजना अनुसार पुल निर्माण भएको हो । पोखरा ६ बैदाम र पोखरा ७ जोड्ने गरी मालपोत कार्यालय नजिकको पुल कात्र्तिकबाट निर्माण सुरु भएको थियो । एक करोड ८ लाख २९ हजार लागतमा बनेको पुल १० मिटर लामो छ ।

जिल्ला स्तरीय सर्वदलिय संयन्त्रको निर्णय अनुसार जिल्ला विकास समितिले टेण्डर आवहन गरेर मुक्तिनाथ निर्माण सेवा र रेग्मी निर्माण कम्पनीलाई निर्माणका जिम्मा दिएको थियो ।

कमेन्टहरु
Loading...