लकडाउनमा फेवातालको जलकुम्भी सफाई अभियान

पोखरा, २१ वैशाख / कोरोना भाइरस (कोभिड १९) को कारण लकडाउन भएका बेला फेवाताल सफाई अभियान शुरु भएको छ । स्थानिय जलारी समुदायले फेवातालको माथिल्लो किनारमा रहेको जलकुम्भी झार निकाल्न थालेका हुन् ।

माथी सिमसारमा भएको जलकुम्भी बर्षायाममा तालमा ल्याउने भएकोले ताल सफाई अभियान थालेको स्थानीय ज्ञान बहादुर जलारीले बताए । उनले वैशाख १८ गते देखि सुरु भएको अभियानमा दैनिक ५०/६० जनासम्म जलारीहरु ताल सफाई अभियामना खटिने गरेका छन् ।

१५ दिनसम्म आफुहरु ताल सफाई अभियानमा लाग्ने जालरीले बताए । पोखरा महानगरपालिकाले फेवाताल किनारामा बसोबास गर्दै आएका जलारी समुदायलाई हाल राहत स्वरुप काम लगाएको पोखरा १८ का वडा अध्यक्ष रणबहादुर थापाले बताए ।

फेवातालको सिमसारमा क्षेत्रमा रहेको जलकुम्भी झार हटाउने अभियान स्वरुप ज्याला दिएर जलारी समुदायलाई अभियानमा प्रयोग गरिएको उनले जनाए । अभियानमा खटिने जलारीलाई विहान १० बजे देखी २ बजे सम्मा काम गर्दै दिनमा प्रति व्यक्ति ३ सय ५० रुपैया पाउने गरेका छन् । लकडाउन छि माछाको विक्रि हुन छाडेपछि उनीको काम विहिन बनेका थिए ।

कमेन्टहरु
Loading...