पोखरा फेवातालमा डुङगा पल्टियो, दुईको उद्धार एक जना बेपत्ता

पोखरा, १२ फागुन / पोखराको फेवातालमा डुङगा पल्टिदा एक जना बेपत्ता भएका छन् । काठमाडौ महानगरपालिका १२ का २५ बर्षिय सुमित लुईटेल बेपत्ता भएका हुन् ।

सोही ठाउँका रूपेश अधिकारी र सुबिन चालिसेको उद्धार भएको छ । पोखरा महानगरपालिका १८ खपैदी स्थित फेवाताल किनाराबाट उनीहरु ३ जना आफै डुङगा चलाएर फेवाताललमा सयर गर्ने क्रममा डुङगा पल्टिएका थिए ।

डुङगा पल्टिएको देखेपछि उद्धार लागि गएका पोखरा १८ खपौदीका ५० बर्षिय बुद्धि जलार बेहोस भएका पछि उनलाई शसस्त्र प्रहरीले उद्धार गरेको छ । उनको अहिले मेट्रोसिटि अस्पतालमा उपचार भएको छ ।

हराईरहेका सुमित लुईटेलको नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले खोजी गरीरहेका छन् । तीन जना पोखरा घुम्नका लागि आएका थिए । डुङगा चढ्दा लाइफ ज्याकेट लाउनु पर्ने अनिबारे भएपनि उनी नलगाई चढेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...