पामेमा फागुन २२ गते देखी हराएको पौडेलको शव बनाउदै गरेको ड्याममा भेटियो

पोखरा, ७ चैत / पर्वत कार्कीनेटा घर भइ हाल पोखरा २४ डाँडाखेत बस्दै आएका ३३ बर्षिय हरिप्रसाद पौडेल मृत अवस्थामा फेला परेका छन् । फागुन २२ गते देखी हराएका पौडेलको शव बिहीबार भेटिएको हो ।

पोखरा २४ बेत्यानी (पामे खोला) मा बन्दै गरेको ड्याममा पुरिएको अवस्थामा शव भेटिएको छ ।
उनको शव सिल्टेसन ड्याम बनाउन खनिएको पोखरीबाट निकालिएको ढुङ्गा, गिटीले पुरिएको अवस्थामा शव फेला परेको पोखरा महानगरपालिका उपमेयर मन्जु गुरुङको प्रेस सल्लाहारका एकराज गिरीले जानकारी दिए ।

पौडेल फागुन २२ गते गोरुलाई औषधी किन्न भनेर बजार गएका थिए । त्यसपछि उनी नफर्केपछि २३ गते उनका परिवारले प्रहरीलाई मौखिक जानकारी दिएका थिए । अझै घर नआए पछि फागुन २६ गते पौडेल हराएको भन्दै आफन्तले प्रहरीलाई लिखित निवेदन दिएका थिए उनले बताए ।

पौडेलले २२ गते गोरुलाई औषधी खरिद गर्न घरबाट २ सय रुपैयाँ लिएर गएका थिए । उनी घर फर्कने क्रममा सिल्टेसन ड्याम भन्दा माथिको बाटो घर जाँदै गर्दा खसेको हुन सक्ने प्रहरीको अनुमान छ । उनी खसेको ठाउँमा ज्याकेट, मोबाइल, सुर्ती, गोरुका लागि किनेको औषधि लगायत भेटिए पछि बिहीबार ड्याममा खोजेको प्रहरीले जानकारी दिएको छ ।

उनी अघिल्लो दिन साझँ झिरबाट लड्र तल खसेको र भोली पल्ट स्काभेटरले ढुङगा गिटीले पुरेको हुन सक्ने प्रहरीको अनुमान छ । खोजी गर्दा उनको शव भेटिएको प्रहरीको भनाई छ । पौडेलको शवलाई पोष्टमार्टका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखीको छ भने घटनाको बारेमा थप अनुसन्धान भईरहको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...