पोखरा शिक्षाको हबः उपप्रमुख गुरुङ

पोखरा ८ फागुन / पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरालाई शिक्षाको हब बनाउने उद्देश्यले अगाडी बढेको बताएकी छन् । पोखराको जरेबरमा रहेको दि विज्डम बोर्डिङ स्कुलको २२ औ अभिभावक दिवस तथा पुरस्कार वितरणमा बोल्दै उनले पोखरालाई शिक्षाको केन्द्र बनाउने योजना सहित महानगरले प्राविधिक विद्यालय सञ्चालन गर्न लागेको बताइन् ।

उनले शिक्षा सवैभन्दा ठूलो धन भएको बताउदै अहिलको आवश्यकता प्राविधिक शिक्षा भएको बताइन् । प्राविधिक शिक्षा मार्फत दक्षजनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिइन् ।  उनले विद्यार्थीलाई कस्तो बनाउने भन्ने जिम्मेवारी विद्यालय र अभिभावकको भुमिका महत्वपूर्ण हुने बताइन् । ‘विद्यार्थी काँचो माटो भएकाले उनीहरुलाई कस्तो आकार दिने भन्ने भुमिका विद्यालय र अभिभावको प्रमुख जिम्मेवारी हो ।’ उनले विद्यालयमा बालमैत्री वातावरण हुनुपर्ने बताउदै विद्यार्थीको चाहना अनुसार शिक्षण गर्नुपर्ने बताइन् ।

नेशनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले शिक्षा क्षेत्रको विकासमा नीजि विद्यालयको भुमिका महत्वपूर्ण रहेको बताउदै दि विज्डम स्कुलले शिक्षा क्षेत्रमा गरेको योगदान प्रसशनीय रहेको बताए । दि विज्डम विद्यालय सञ्चालक समितिका अध्यक्ष रत्ना गुरुले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गदै आएको बताइन् । कार्यक्रममा विद्यालयका प्राचार्य कृष्णबहादुर गुरुङले बार्षिक प्रतिवेदन र सहायक प्राचार्य केशवबहादुर थापाले विद्यालयको गतिविधिका बारेमा बोलेका थिए ।

कार्यक्रममा २०६८ सालदेखि अध्यापन गराउदै आएका शिक्षक राजेश अधिकारी, नृत्य शिक्षिका विनिता तिलिजा पुनलाई प्रमुख अतिथि उपप्रमुख गुरुङले सम्मान गरिन् । कार्यक्रममा विद्यालयमा उत्कृष्ट हुन सफल विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो भने विद्यार्थीहरुले नृत्य र नाटक मार्फत मनोरञ्जन प्रदान गरेका थिए ।

कमेन्टहरु
Loading...