इक्यान शैक्षिक मेलामा वैदेशिक शिक्षाबारे सम्पूर्ण जानकारी

पोखरा, १८ मंसिर / के तपाईं उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहनुहुन्छ ? कुन देशमा गएर कस्तो विषय पढ्ने ? कुन युनिभर्सिटी तथा कलेजमा अध्ययन गर्ने भनेर दोधारमा हुनुहुन्छ ? यदि तपाईं अन्योलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन ।

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई आवश्यक पर्ने सम्पूर्ण जानकारी प्रदान गर्ने लक्ष्यसहित पोखरामा ‘इक्यान शैक्षिक मेला’ हुँदैछ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीको आयोजना र व्यवस्थानमा यही मंसिर २६ देखि २८ गतेसम्म पोखराको सभागृह हलमा मेला हुने इक्यान कास्कीका अध्यक्ष भुवन क्षेत्रीले जानकारी दिए ।

‘उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थी र अभिभावकका लागि मेला निकै उपलब्धीपूर्ण हुनेछ,’ उनले भने, ‘वैदेशिक शिक्षाबारे सम्पूर्ण जानकारी मेलामा प्रदान गरिनेछ ।’ विदेशका विभिन्न देशका युनिभर्सिटी तथा कलेजका आधिकारिक प्रतिनिधि मेलामा सहभागी हुनेछन् । विभिन्न देशका विभिन्न युनिभर्सिटी तथा कलेजका प्रतिनिधि एउटै स्थानमा भेटेर परामर्श लिन सकिने भएकाले मेला प्रभावकारी हुने सचिव रुद्रप्रसाद अर्यालले बताए ।

ब्रिटिस काउन्सिलको प्रस्तुतिमा हुने मेलाको टाइटल स्पोन्सरमा अष्ट्रेलियास्थित सिड्नी सिटी कलेज अफ म्यानेजमेन्ट, एसोसिएट पार्टनरमा हिमाअस एजुकेसन कन्सल्टेन्सी छन् । पावर्डबाईमा केआइइसी र कंगारु एजुकेसन फाउण्डेसन छन् । प्रोमोटेडबाईमा अष्ट्रेलियाका कलेजहरु प्यासिफिक कलेज अफ टेक्नोलजी, स्काई लाइन इन्टरनेशनल कलेज, भाइब कलेज र मिन्ट इन्टरनेशल कलेजले साथ दिएका छन् ।

सपोर्टेडबाईमा मिराकल इन्स्टिच्युज, द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी, जाइन्ट इजुकेशन, नमस्ते एजुकेशन इन्स्टिच्युट, एनमार्क एजुकेसन, टार्गेट इन्टरनेशनल एजुकेसन, इम्पल्स इन्स्टिच्युट, एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस, विकन प्रिमियर इन्टरनेशनल एजुकेसन र थर्डआई एजुकेसन छन् । मेलाको तयारीलाई तिब्र बनाइएको उपाध्यक्ष तथा मेला संयोजक सन्दिप अर्यालले जानकारी दिए ।

कमेन्टहरु
Loading...