पोखरामा ढुङ्गाले प्रहार गरेर युवतीको हत्या गर्ने पक्राउ

पोखरा, १८ भदौ /जिल्ला प्रहरी कार्यालय कास्कीले ढुङ्गाले टाउकोमा प्रहार गरेर युवतीको हत्या गर्ने पक्राउ गरेको छ । प्रहरीले भारत मध्य प्रदेश शिवपुरी जिल्ला महल कोलोनी घर भई हाल पोखरा ६ डिहिको पाटन बस्ने ३१ बर्षिय अखिलेष झालाई पक्राउ गरेको हो ।

जठे २५ गते पोखरा ७ जनप्रिय क्याम्पस नजिक घाइते अवस्थामा भेटिएकी गोर्खा घर भई पोखरा बस्दै आएकी २१ वर्षिय की सुम्नी भन्ने स्मृति गुरुङ भेटिएकी थिइन् । उनको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको थियो । उनललाई झाले घाउकोमा ढुङ्गाले प्रहार गरेर भगेको प्रहरी अनुसन्धानले खुलेको छ ।

झाले ग६प ५२१० नंम्वरको मोटरसाइकलबाट हिड्ने एक्लै युवती देख्ने वित्तिकै ढुङ्गाले हानेर भाग्ने गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले भदौ १६ गते कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्वामा म्याद थप गरी अनुसन्धान गरि रहेको जानकारी दिएको छ । प्रारभ्मिक सोधपुछको क्रममा निज अभियुक्तले राती राती एक्लै मोटरसाइकलमा घुम्ने र एकान्त स्थानमा एक्लै हिडिरहेको महिलाहरुलाई ढुगाले प्रह्रार गर्ने गरेको बयान दिएको जानकारी दिएको छ ।

झाले हालसम्म पोखराका मिलनपथ , प्रर्दशनी केन्द्र , नयाँबजार, बगालेटोल, शिवालय चोक, बिरौटा, लगायतका बिभिन्न ७ ठाउँमा ढुङ्गाले महिलालाई प्रहार गरेका खुलेको छ । घटनाहरु घटाएको स्विकार गरेको सो मध्ये स्मृति गुरुङको मृत्यू भएको अन्य व्यक्तिहरु घाईते भई उपचार घर फर्किएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...