ढिकुरपोखरी तीजमेलाको तयारी अन्तिम चरणमा

पोखरा, २० भदौ / कास्की ढिकुरपोखरीमा हुने तीजमेलाको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक

ढिकुरपोखरी युवा संजालले बुधवार पोखरामा पत्रकार सम्मेलन गरी भदौ २३ गतेदेखि २८ गतेसम्म ढिकुरपोखरी

स्थित माछापुच्छे« माविको प्राङगणमा हुने जानकारी दिएको छ । मेला अन्र्तगत खुल्ला नकआउट फुटवल

प्रतियोगिता, तीजगीत, ठेलो तथा रस्साकसी लगायत विविध सांस्कृतिक कार्यक्रमहरु गर्न लागिएको मेला

संयोजक विकास गुरुङले बताए ।

मेला अन्र्तगत हुने खुल्ला नकआउट फुटवल प्रतियोगिताको प्रथम पुरस्कार रु.एक लाख ११ हजार एक सय ११,

दोस्रो पुरस्कार रु. ५५ हजार पाँच सय पचपन्न साथमा शिल्ड, मेडल र प्रमाणपत्र रहेको छ । मेलामा ‘स्थानिय

निकाय र महिला नेतृत्व’ विषयक वडा स्तरीय तीजगीत प्रतियोगिता पनि हुँदैछ ।जसमा प्रथम हुनेले रु. २०

हजार, द्वितीय हुनेले रु.१५ हजार, तृतीय हुने समूहले रु.१० हजार तथा सान्त्वना हुने समूहले ५ हजार साथमा

प्रमाणपत्र पुरस्कार पाउने छन।फुटवल तर्फ १२ टिम तथा तीजगीततर्फ २० देखि २२ टिमले सहभागिता जनाउने

आयोजकको भनाई छ ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष युवराज कुँवरले ढिकुरपोखरी तीजमेलाको ऐतिहासिक महत्व रहेको

औँल्याउँदै मेलालाई खुलेर सहयोग गर्न सरोकारवाला समक्ष आग्रह गरे ।उनले गाउँपालिकाले पनि मेलालाई

आवश्यक सहयोग गर्ने बचनबद्घता व्यक्त गरे।

मेला सम्पन्न गर्न रु.१२ लाख १० हजार खर्च लाग्ने अनुमान गरिएको छ । जसमध्ये मंगलवारसम्मका विभिन्न

संघसंस्था एवं व्यक्तिबाट रु. ९ लाखको हाराहारीमा सहयोग घोषणा भएको संजालका अध्यक्ष शुसिल भट्टचनले

जानकारी दिए ।संजालका महासचिव दिल जिसीले विगतका भन्दा यसवर्षको तीजमेलालाई विशेष बनाउन

लागिएको भन्दै त्यसमा खुलेर सहयोग गर्न अनुरोध गरे ।

मेला संयोजक विकास गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संजालका कोषाध्यक्ष प्रकाश गुरुङले

स्वागत तथा कार्यक्रमको संचालन संजालका महासचिव दिल जिसीले गरेका थिए ।

कमेन्टहरु
Loading...