धारापानी माविको हीरक जयन्ती शुभारम्भ, अहिलेको शिक्षा नीति बदल्नुपर्दछः मुख्यमन्त्री गुरुङ

अन्नपूर्ण गाउँपालिका, १ भदौ /अन्नपूर्ण–३, पाउँदुर स्थित धारापानी माध्यमिक विद्यालयको हीरक जयन्तीको औपचारिक शुभारम्भ शुक्रबार गरिएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिलेको शिक्षा नितिले बेरोजगार उत्पादन गरिएको ठहर गर्दै यस्तो शिक्षा नितिमा परिवर्तन जरुरी भएको औँल्याए ।मुख्यमन्त्री गुरुङले प्राविधिक शिक्षा हुनुपर्नेमा जोड दिर्दै अवको शिक्षा जनता आफै उद्यमी बन्ने खालको हुनुपर्ने तर्क गरे ।

मुख्यमन्त्री गुरुङले आगामि पाँच वर्षभित्रमा गण्डकी प्रदेशलाई देशकै नमुना प्रदेश बनाइ छाड्ने प्रतिबद्घता व्यक्त गर्दै ढिकुरपोखरीमा एग्रोइन्जिनियर· क्याम्पस स्थापना गर्न ढिला गर्न नहुने तर्क गरे ।

अव चाँडै नै प्रदेशलाई पूर्ण खोपयुक्त बनाउन प्रदेश सरकारले विशेष ध्यान दिएको तथा अवको ४ वर्षभित्र प्रदेश सरकारले बृद्घभत्तालाई बढाएर मासिक पाँच हजार पु¥याउने प्रतिबद्घता पनि उनले सो अवसरमा प्रकट गरेका थिए ।

अवको पाँच वर्षमा प्रदेशको गरिबी आधा घटाउने दावी गर्दै उनले उपस्थित सरोकारवालालाई काम गरेर उद्यमी बन्न सुझाव पनि दिएका थिए ।उनले सवारी कर बाहेर अन्य कर सम्बन्धित स्थानिय तहले निर्धारण गर्ने र त्यो प्रदेश सरकारको क्षेत्राधिकार भित्र नपर्ने जानकारी पनि गराए।

संघिय सांसद दुर्गा विकले विगतको शिक्षा प्राविधिक नहुदाँ धेरै नेपाली जनता बेरोजगार बस्नु परेको स्मरण गर्दै शिक्षालाई व्यवहारिक बनाउनुपर्नेमा जोड दिइन ।उनले साविकको ढिकुरपोखरीमा अवको २/३ महिना भित्रै पोलीटेक्नीकल इन्टीचुउडको शिलान्यास हुने दावी गर्दै आफुले धारापानी माविलाई सक्दो सहयोग गर्ने बचनबद्घता पनि व्यक्त गरिन ।

नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले अहिलेको शिक्षामा नैतिक पक्षको खाँचो रहेको जनाए ।उनले अवको नेपालमा रोजगारमुलक शिक्षा विद्यालय तहबाटै पठनपाठन गराउनुपर्नेमा तर्क पनि गरे ।उनले इतिहास निर्माण गर्नेको सधै सम्मान हुनुपर्ने बिचार राखेका थिए ।

प्रदेश सांसद राजीव पहारीले प्रजातन्त्रको स्थापना सँगसँगै विद्यालयको स्थापना भएको स्मरण गर्दै कास्कीको पश्चिमी शैक्षिक क्षेत्रमा धारापानी माविको उल्लेख्य योगदान रहेको चर्चा गरेका थिए ।

सांसद पहारीले अन्नपूर्ण ३ मा एक घर एक धारा अभियानलाई पुर्णता दिन आफुले भुमिका खेल्ने स्पष्ट पार्दै अन्नपूर्ण गाउँपालिकालाई पशुपालन र कृषिको उर्वर क्षेत्रको रुपमा विकास गरिनुपर्ने धारणा राखेका छन ।

पुर्व सांसद एवं विद्यालयका शिक्षक सोमनाथ अधिकारी प्यासीले विद्यालय शिक्षाको महत्व औँल्याउँदै पाउँदुर बौद्घिक थलो भएको चर्चा गरे । त्यस्तै पुर्व सांसद सीता गिरी वलीले हिजो राजनैतिक व्यवस्था परिवर्तन गर्न सबै जनता लागि परेको स्मरण गर्दै अव सबै मिलेर समृद्घिको यात्रा तय गर्नुपर्ने भनाई राखिन ।

कार्यक्रममा पुर्व जिविस सभापति एवं पुर्व विद्यार्थी मञ्चका अध्यक्ष पुण्यप्रसाद पौडेल, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवर, शिक्षा समन्वय इकाईका प्रतिनिधि विष्णु पराजुली, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य कुलबहादुर गुरुङ कुलु, अन्नपूर्ण ३ का अध्यक्ष चन्द्रबहादुर गुरुङ, माछापुच्छे« माविका प्रधानाध्यापक घनश्याम पौडेल लगायतले पनि भनाई राखेका थिए ।

कार्यक्रमका बीच प्रधानाध्यापक महेन्द्रबहादुर कुँवरले विद्यालयको समग्र अवस्थाबारे जानकारी दिर्दै सरोकारवाला सबैको प्रयासबाट जयन्ती सम्पन्न गरिने विश्वास व्यक्त गरे ।

सो अवसरमा प्रदेश सांसद राजिव पहारीले दुई वटा युरोगाड विद्यालयलार्ई सहयोग गरेका थिए ।त्यस्तै शिक्षक विश्वबन्धु पौडेल र विष्णुप्रसाद लामिछानेलाई विद्यालयले विदाई गरेको थियो । त्यस्तै सांस्कृतिक उपसमिति संयोजक टेक क्षेत्री तथा विद्यार्थीहरुले विभिन्न साङगितीक प्रस्तुति पनि राखेका थिए ।

हीरक जयन्ती मुल आयोजक समितिका अध्यक्ष भेषराज पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहायक प्रधानाध्यापक उदयराज सुवेदीले स्वागत तथा कार्यक्रमको संचालन शिक्षक सन्देश पौडेलले गरेका थिए ।

कमेन्टहरु
Loading...