मेयर सञ्जाल कार्यक्रममा प्रवक्ता नेपाली सहभागी

173

पोखरा, २१ भदौ/ नेपाल मेयर सञ्जालको चौंथो कार्यक्रम शुक्रबारदेखि जनकपुरमा सुरु भएको छ ।

नेपाल डेमोक्रेटिक इन्स्टिच्युट (एनडिआइ) को आयोजामा २ दिन सम्म हुने कार्यक्रममा पोखरा महानगरपालिकाको तर्फबाट वडा नम्बर ५ का अध्यक्ष तथा महानगरका प्रवक्ता धनबहादुर नेपाली सहित ३ जना सहभागी छन् ।

पोखरा महानगरपालिकाका प्रवक्ता नेपालीसहित वरिष्ठ इन्जिनियर शारदामोहन काफ्ले र अधिकृत सविना गौतम कार्यक्रममा सहभागी भएको महानगरपालिकाले जनाएको छ ।

शनिबार सम्म चल्ने कार्यक्रममा विज्ञ परामर्श, स्थलगत भ्रमणको माध्यमबाट एक अर्काका नीतिगत दृष्टिकोण र सफलताहरुको सिकाइको आदानप्रदान तथा छलफल गरिने प्रवक्ता नेपालीले जानकारी दिए ।

पोखरा महानगरका मेयर मानबहादुर जिसी कार्बन फोरम कार्यक्रममा सहभागी हुन गत भदौ १७ गते कोरिया गएकाले नेपालीको नेतृच्वमा पोखराको टोली कार्यक्रममा सहभागी भएको हो ।

कार्यक्रममा पोखरासहित ललितपुर, विराटनगर, भरतपुर, वीरगंज, धनगढी, नेपालगञ्ज, जनपकुर, हेटौंडा र घोराही लगायतका महानगर, उपनमहानगर र नगरपालिकाको सहभागिता छ ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

Loading...