धम्पुस महोत्सवमा भलिवल र सांस्कृतिक कार्यक्रम जारी

पोखरा ५ वैशाख / लाली गुराँस युवा क्लव धम्पुसको आयोजनामा पर्यटकीय गाउ धम्पुसमा जारी गन्तब्य धम्पुस लालीगुराँस महोत्सवको दोश्रो दिन खेलकुद र सांस्कृतिक कार्यक्रमहरु जारी रहेका छन ।

धम्पुसको पृथ्वीनारायण माविको प्राङगणमा जारी महोत्सवको दोश्रो दिन पुरुष भलिवल तर्फ तीन खेल सम्पन्न भए । आज सम्पन्न तीन खेल मध्ये पहिलो खेलमा भदौरेलाई पराजित गर्दै आयोजक लाली गुराँस युवा क्लव ए अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो ।

दोश्रो खेलमा अन्नपूर्ण गाउपालिका ७ लान्दु्रकलाई हराउदै मादी गाउपालिका ११ अघिल्लो चरणमा प्रवेश गर्न सफल भयोभने अन्तिम खेलमा आयोजकलाई हराउदै माछापुच्छ«े ८ ल्वाङ अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो ।

बुधवार महोत्सवमा लोकदोहोरी तर्फ कलाकारहरु शर्मिला गुरुङ, माया गुरुङ, पार्वती जिसी, जीवन दाहाल, शंकर विरही गुरुङ लगायतले लोकदोहोरी मार्फत दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गरे । त्यसैगरी महोत्सवमा आयोजित लोकदोहोरी प्रतियोगितामा रोल्पा पोखरा मगर समाजलाई हराउदै सुमन खड्का बाग्लुङको समुह अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो ।

कमेन्टहरु
Loading...