देवेन्द्र स्पोर्टस नयाँ व्यवस्थापनमा सञ्चालन

पोखरा २८ बैशाख /पोखराको चिप्लेढुङ्गामा विगत २२ वर्षदेखि सञ्चालन हुँदै आएको देवेन्द्र स्पोर्टस नयाँ व्यवस्थापनमा सञ्चालनमा ल्याईएको छ ।

नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको स्पोर्टसको पोखरा महानगरका मेयर मानबहादुर जिसी र राष्ट्रिय भलिवल खेलाडी मञ्जु गुरुङले उद्घाटन गरे ।

मेयर जिसीले खेलकूदको शहर भनेर पनि चिनिएको पोखरामा आवस्यक खेल सामग्री आपूर्ति र व्यवस्थापनमा पसलले योगदान गर्न सकोस भन्ने कामना गरे ।

त्यस्तै भलिबल खेलाडी मञ्जुले खेलकूदका सामाग्रीहरु आपूर्तिका लागि देवेन्द्र स्पोर्टसले पुर्याएको योगदान व्यवसायिक मात्र नभई सामाजिक समेत रहेको बताईन् ।

पुरानो व्यवसायलाई नयाँ व्यवस्थापन गरी आकर्षक सजावट सहित सामानहरु थप गरिएको व्यवस्थापक नविन श्रेष्ठले जानकारी दिए ।

कमेन्टहरु
Loading...