दीपक मनाङ्गे विरुद्ध कास्की प्रहरीमा एन्फा कास्की अध्यक्षको जाहेरी

पोखरा, ८ माघ/ गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङ्गे) विरुद्ध अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङले प्रहरीमा बुधबार जाहेरी दिएका छन् ।

मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै मनाङ्गेले मंगलबार मिलनलाई थपड हानेका थिए ।

खेलाडीहरुको खाने,बस्ने र खेल मैदानको व्यवस्था नगरेको भन्दै सांसद मनाङ्गेले थपड हानी अभद्र व्यवहार गरेको भन्दै जाहेरीमा मुलुकी फैजदारी संहिता २०७४ को दफा ११८ को कसुरमा कारबाही माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी दानबहादुर कार्कीले कानूनी कानून बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने बताए ।

मंगलबार पोखराका भण्डारढीकमा मनाङ्गेले थपड हानेका थिए । बुधबार दुबैले छुटाछुटै पत्रकार सम्मेलन गरेर घटनाको बारेमा जानकारी दिएका थिए ।

कमेन्टहरु
Loading...