सांसद दीपक मनाङ्गे पोखराको लेकसाइडबाट पक्राउ

पोखरा, ९ माघ/ गण्डकीका प्रदेशसभा सदस्य राजीव गुरुङ दीपक मनाङे लाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पोखराको लेकसाइडमा रहेको एक होटलबाट बिहीबार दिउँसो उनलाई सादा पोशाकमा खटिएका प्रहरीले पक्राउ गरेका हुन् ।

मनाङ्गेलाई दिउँसो पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता राजकुमार केसीले जानकारी दिए । उनले घटनाका बारेमा अनुसन्धान शुरु भएको बताए ।

मनाङ्गेले मंगलबार पोखराको भण्डारढिकमा अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हानेका थिए । एन्फा अध्यक्ष गुरुङले बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका थिए ।

प्रहरीले बिहीबार मनाङ्गेलाई पक्राउ गर्न अनुमति लिएको थियो । अध्यक्ष गुरुङ र मनाडे दुबैले बुधबार छुटाछुटै पत्रकार सम्मेलन गरेर घटनाको बारेमा जानकारी दिएका थिए ।

मुख्यमन्त्री कपका लागि मनाङबाट खेल्न आएको टोलीलाई बस्ने, खाने र खेलमैदान उपलब्ध नगाएको भन्दै मनाङेले झापड हानेको बताएका थिए ।

कमेन्टहरु
Loading...