ठग्नेलाई झापड नहानेर माला लगाई दिउ त ?- दीपक मनाङ्गे

पोखरा, ८ पुस / गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङ्गे)ले अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई ठगेका कारण झापड हानेको बताएका छन् । मनाङ्गेले मंगलबार मुख्यमन्त्री कप फुटबलको उद्घाटनका क्रममा मिलन गुरुङलाई झपड हानेका थिए ।

मनाङ्गेले पत्रकार सम्मेलन गरेर र एन्फा कास्कीका अध्यक्षमाथि भ्रष्टाचार गरेको आरोप लगाए । उनले ठगलाई मैले झपड नहानेर माला लगाई दिउन त ? उनको प्रश्न थियो ।

झापड हानेर ठीक गरें भन्न खोज्नु भएको हो भन्ने प्रश्नमा उनले भने, ‘मलाई एकदमै राम्रो लागेको छ । तपाईंलाई नराम्रो लागेको छ भने लेख्नुस् न यार ।’ ‘मैले झापड हानेको तपाईंहरुलाई मन परेन । राम्रो कुरा हो, तपाईंहरु गान्धीतिरको हुनुहुँदोहेछ । म चााहिँ रावणतिर परें । मलाई चाहिँ झापड हान्दा मज्जा लाग्छ ।’

उनले आफुले हातपान गरेको नभई झापड हानेको बताए । उनले मेरा १८ जना बच्चालाई अलपत्र पारेपछि झापट हानेको बताए । मनाङबाट मुख्यमन्त्री कप खेल्न आएका खेलाडीलाई मिलन र एन्फाले अलपत्र पारेको उनको जिकिर थियो । उनले एन्फा अध्यक्ष कर्मा छिरिङ पनि ठग नै भएको बताए ।

कमेन्टहरु
Loading...