दीपक मनाङेले झापड हानेका गुरूङ पक्राउ, मनाङेलाई दुई दिन म्याद थप

पोखरा, १० माघ / गण्डकी प्रदेशका सांसद राजीब गुरुङ (दीपक मनाङे)ले झापड हानेका एन्फा कास्कीका अध्यक्ष मिलन गुरूङलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

ठगी तथा बैंकिङ कसुरको जाहेरी परेपछि गुरूङलाई शुक्रबार पोखराको न्युरोडबाट पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।

गुरूङविरूद्ध बिहीबार जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगी र बैंकिङ कसुरको जाहेरी परेको थियो । जाहेरी परेपछि मिलनलाई बिहीबार नै प्रहरीले अदालतसँग पक्राउ अनुमति मागेको थियो । गुरूङलाई सांसद मनाङेले मंगलबार पोखरा भण्डारढिकमा झापड हानेका थिए ।

यता, मनाङेलाई जिल्ला प्रशासन कार्यालय कास्कीले दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले शुक्रबार मनाङेलाई दुई दिन थुनामा राख्न अनुमति दिएका हुन् । मनाङेविरूद्ध प्रहरीले केही सार्वजनिक अपराध अन्तर्गत अनुसन्धान गर्न म्याद थप गरेको बताए ।

अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङले पोखरा एक व्यवसायीलाई आइतबार कुटपिट गरेका थिए । गुरुङलाई ओम गौरा जोस्टेलका सञ्चालक हरिभक्त अचार्यको उजुरीमा पक्राउ परे गरेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...