भरतपोखरीमा देउसी भैलो प्रतियोगिता

पोखरा, ७ कात्तिक/ परम्परा र संस्कृतिको जगेर्ना गर्न भरतपोखरी विकास मञ्च कास्कीले तिहारकोे अवसरमा दोस्रो खुला देउसी भैलो प्रतियोगिता गर्ने भएको छ ।

मञ्चले पोखरा ३३ भरतपोखरीको कालिकास्थानमा प्रतियोगिताका साथै लोक संस्कृतिमा योगदान पु¥याएका स्रष्टालाई सम्मान गर्ने कार्यक्रम तय गरेको मञ्चका अध्यक्ष डिल्लीराम बरालले जानकारी दिए ।

कात्तिक ९ र १० गते सञ्चालन गरिने कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिने उनले बताए ।उनले देउसी भैलो प्रतियोगितामा सहभागीले मौलिक लोक संस्कृतिको विशेषता झल्कने खालको प्रस्तुत गर्नु पर्ने उल्लेख गरे ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने समूहलाई क्रमश २५ हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा नृत्य, भेषभूषा र वाद्यवादनमा उत्कृष्ट हुने समूहलाई समेत ५/५ हजार नगद पुरस्कारको व्यवस्था गरेको अध्यक्ष बरालले बताए ।

कमेन्टहरु
Loading...