दशैको टिका ९ बजेर ५७ मिनेटमा

पोखरा, १६ असोज/नेपाल पञ्चाङग निर्णयक समिति र धर्मोदय सभाले दशैंको टिकाको साइत २८ गते विहान ९ बजेर ५७ मिनेट जाँदा उत्तम रहेको निर्णय सार्वजनिक गरेको छ । समितिले काठमाडौमा पत्रकार सम्मेलन गरी बरिष्ठ संस्कृतविद डा। माधव प्रसाद भट्टराइले विहान ९ बजेर ५७ मिनेटमा टिकाको साइत उत्तम रहेको बताउनुभयो ।

dashainaत्यसैगरी जमरा राख्नका लागि घटस्थापनाको समय १९ गते शनिबार विहान ९ बजेर ५१ मिनेट जाँदा उत्तम रहेको उहाँले बताउनुभयो । यसपाली दुइवटा तिथि गडबढ भएकोले औंशीका दिन जमरा राख्ने साइत जुराउनुपरेको उहाँको भनाई छ । यस्तो अबस्था ५० बर्षमा एकपटक आउने बताइएको छ ।

त्यसैगरी फूलपातीको साइत विहान ९ बजेर ३१ मिनेटमा उत्तम रहेको बताइएको छ । घटस्थापना देबी विसर्जनको समय टिकाको दिन बिहान ९ बजेर २५ मिनेटमा रहेको निर्णयक समितिले जनाएको छ । कार्यक्रममा डा भ्टटराइले सबैभन्दा पुरानो र बास्तविक विज्ञान नै ज्योतिश विज्ञान भएको उल्लेख गर्दै ज्यातीश विज्ञानलाई अलग गरेर कुनै पनि काम नगर्न अनुरोध गर्नुभयो ।

कमेन्टहरु
Loading...