विजयपुर खोलामा कृतिम ताल निर्माण गर्ने, वडा कार्यालयलाई धुलोमुक्त बनाउने घोषणा

65

पोखरा, २४ जेठ /पोखरा लेखनाथ महानगरपालिका वार्ड नं १३ को कार्यालयले एक वर्षको कार्यप्रगती र भावी कार्ययोजना सार्वजनीक गरेको छ । वडा अध्यक्ष लेखवहादुर तामाङ (दर्शन लामा)ले वुधवार पत्रकार सम्मेलन गरी भावि कार्याक्रममा वडा कार्यालयलाई धूलोमुक्त तथा वातावरणमैत्री वनाउने देखी लिएर पर्यटन प्रवर्दनका लागि विजयपुर खोलामा कृतिम ताल निर्माण गर्ने सम्मका योजना सुनाए ।

२०७४ जेठ १४ गतेवाट काम सुरु गरेका अध्यक्ष लामाले आफ्नो वडालाई नमूना वडाका रुपमा विकास गर्ने लक्षका साथ काम गरेको वताए । आफ्नो कार्यकालको एक वर्षमा वडा कार्यालयलाई आधुनीक÷प्रविधिमैत्री, जनमैत्री, वातावरणमैत्री, अपाङगमैत्री वनाएको वताए । सडक, शिक्षा, स्वास्थ्य र स्वरोजगारलाई आफ्नो प्रमुख योजना वनाएर वडाको समग्र विकासका लागी अगाडी वढेको उनले वताए ।

वडाले यस वर्ष ६ किलोमिटर कच्ची सडकलाई कालोपत्रे तथा ढलान गरेको छ भने सात किलोमिटर वाटो स्तरोन्नती भएको छ । वडा भित्र मूल वाटो ३८ किलोमिटर र शाखा तथा भित्री वाटो १० किलोमिटर गरी ४८ किलोमिटर कच्ची वाटो रहेको छ ।

वडा कार्यालयले आफ्नो वडा भित्र रहेका नीजि विद्यालयलाई महानगरको ऐन नीयमावली भित्र समावेसगरी छात्रवृत्तिको व्यवस्था गरेको छ । ६ वटा विद्यालयमा ५३ जना गरिव तथा विपन्न वर्गका वालवालिकाले छात्रवृत्ति पाप्त गरेका छन् । यसैगरी सामूदायीक विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार २०० जना विद्यार्थीलाई छात्रवृत्ति पाएका छन् । भने आर्वाको रतन पाण्डे माविमा १८८ जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई तयारी पोशाक वितरण गरिएको छ ।

स्वास्थ्य तर्फ वडा कार्यालयले एक वर्षमा तीन पटक नीशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । महिलाको स्तन क्यान्सर÷ पाठेघर संवन्धी, हेपाटाईटिस वी, नसा तथा हाडजोर्नी, थाईराईड तथा वालरोग सम्वन्धी विरामीहरु स्वास्थ्य शिविरवाट लाभान्वीत भएको वडढा कार्यालयले जनाएको छ ।

रोजगारीलाई आफ्नो प्राथमिकतामा राखेको वडा कायालयले महिलालाई लक्षितगरी १० लाखको सह लगानीमा महालक्ष्मी दालमोठ उद्योग संचालनमा ल्याएर २० जनालाई प्तक्ष रा्ेजगार दिएको छ भने आगामी वर्ष २०० जनालाई स्वरोजगार दिएर सह द लगानीमा स्वरोजगारका कार्यक्रम संचालन गर्दै जाने योजना वनाएको छ ।

विकासका योजनालाई मुर्तरुप दिन वडाकार्यालयले तात्कालीन र दीर्घकालिन योजनाहरु अगाडी सारेको छ । आर्थिक वर्ष २०७५/ ०७६ भित्र वडाका सवैठाउमा एक घर एक धाराको व्यवस्था गर्न सह लगानीमा खानेपानी योजना निर्माण कार्य थालनी गर्ने भएको छ । कृषकलाई प्रोत्साहन स्वरुप १ सय घरलाई टनेल निर्माणकालागी आर्थिक सहयोग गर्ने र स्वरोजगारतर्फ आकर्षण वढाउने । सह लगानीमा विजयपुर, डिही गाँउ, पोखरी गाँउमा रहेको वाँझो जमिनमा सुर्यमूखी फूलको व्यवसायीक खेती तर्फ आकर्षण वढाउने भएको छ । सुर्यमूखी फुलको व्यवसायीक खेतीका लागी प्राविधिकअध्ययन भईसकेको छ । वडा कार्यालयले सुर्यमुखी खेतीका लागी वाँझो ,जमिनलाई निशुल्क जोतिदिने, विउविजन निशुल्क वितरण गर्ने वडाध्यक्ष लामाले वताए ।

सामूदायीक विद्यालयको शिक्षामा एकरुपता ल्याउन कक्षा १ देखी १० सम्म एकै किसिमको पाठ्यक्रम लागु गर्ने , वडा स्तरीय शिक्षा समिति मार्फत सवै विद्यालयमा एउटै प्रश्नपत्र तयार गर्ने र वडालाई वालमैत्री वडा घोषणा गर्ने जस्ता योजनाहरु तात्कालीन योजनामा रहेका छन ।

वडाध्यक्ष लामाले आगामी चार वर्ष भित्र वडालाई धुलो मुक्त, हरियाली तथा वातावरण मैत्री वडा वनाउने , भू कंपले क्षतीग्रस्त भद्रकाली मन्दीरको पुननिर्माण गर्ने,कमलपोखरीलाई जलपार्कको रुपमा विकास गर्ने, आर्वास्थित महाप्रभू धाम जंगल क्षेत्रलाई जंगल पार्कको रुपमा निर्माणगरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, विजयपुर खोलामा ड्याम निर्माणगरी मानव निर्मित तालको संभावित अध्ययनका लागी काम सुरु गर्ने दीर्घकालीन योजना वनाएका छन् ।

आर्वाको विजयपुरमा रहेको अमित गुम्वाको पुन निर्माण, मियापाटनमा रहेको जामेअक्सा मस्जीदलाई व्यवस्थित तथा संरक्षण, वडा नं १३ को सस्कृती तथा पहिचान झल्कनेगरी संग्राहालय निर्माण, वडाका विभिन्न ठाउमा वृक्षारोपण तथा पार्क निर्माण गर्ने । दुधपोखरी राजमार्ग अन्तर्गतको लाकुरीको वोटदेखी घट्टेखोला किनारासम्म चार लेनको वाटो निर्माण गर्ने, आधुनीक शहर निर्माणको योजनातयार गर्ने , स्मार्ट पुस्तकालय निर्माण गर्ने , वडा भित्र ३ वटा जिल्लास्तरीय खेल मैदान निर्माण गर्ने,आधारभूत विद्यालयका कक्षाकोठामा आधुनीक तथा प्रविधिमैत्री वातावरण सृजना गर्ने जस्ता योजनाहरुलाई अगाडी सारेका छन् ।

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...