डायमन्डले २० जनालाई सम्मानगर्दै

लेखनाथ, २० माघ/रजत वर्षको अवसरमा लेखनाथ – ७ तालचोकस्थित डायमन्ड उच्च माविले मङ्गलबार विभिन्न विधामा योगदान पु¥याउने २० जनालाई विशिष्ट सम्मानबाट सम्मान गर्ने भएको छ । रजत वर्ष समापनको अवसरमा विद्यालयले कला, सङ्गित, शिक्षा, समाजसेवा, पर्यटन, साहित्य, सञ्चार लगायतका क्षेत्रमा विशेष योगदान पु¥याउने व्यत्तित्वलाई सम्मान गर्न लागेको व्यवस्थापक हरिप्रसाद लामिछानेले जानकारी दिए ।

उनका अनुसार, विद्यालयलाई सहयोग पु¥याउनेलाई पनि सम्मान गर्नुको साथै दश वर्ष सेवा गरेका शिक्षकलाई दीर्घ सेवा पदक र दश जोर दुईमा सर्वाेत्कृष्ट अङक ल्याउने विद्यार्थीलाई पदम डायमन्ड अवार्ड प्रदान गरिने छ । यसैवीच, विद्यालयले संचालन गरेको दुई दिने शैक्षिक प्रदर्शनी सोमबार सम्पन्न भएको छ ।

कमेन्टहरु
Loading...