‘प्यासन’ले दिलायो जमूनालाई सफलता

पोखरा, २१ पुस/ डाउन हिल आफैंमा गाह्रो र कठिनाई हुन्छ । त्यसमा पनि छोटो समयको प्रशिक्षणपछि प्रतिस्पर्धामा उत्रिनु अर्को चुनौति हो । त्यही चुनौतिलाई पन्छाउँदै २२ वर्षिया जमूना थापाले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा साईक्लिङ डाउनहिल प्रतिस्पर्धामा रजत पदक जितिन् । रजत पदकले साइक्लिङ संघले मात्रै नभई पोखरेलीले गर्व गरेको छ ।

साईक्लिङको लागि आँट र हिम्मत चाहिन्छ । आँट विना सम्भव नै छैन् । डाउनहिलमा अझ जोखिमपूर्ण नै हुन्छ । पारिवारिक दबाव उस्तै । दुई पटक त हात नै भाँचियो । तर पनि उनमा आँट हिम्मत र जोश एकैसाथ थियो । पारिवारिक दबावलाई थाँती राख्दै साईक्लिङ उनको ‘प्यासन’ बन्यो । प्यासनले अन्तत पदकसम्म डोहोर्याई छाड्यो । साईक्लिङ एककिलोमिटर डाउनहिलमा रजत पदक जित्दै साईक्लिङमा ऐतिहासिक पदक आफनो नाममा लेखाईन् ।

५ फिटसम्मको ओरालोमा साईकल जम्प गराउनुपथ्र्यो । भिरालो जमिनमा साईकल जम्प गराउँदा चोटपटक पनि लाग्यो । ‘सिकिन्छ कि जितिन्छ’ उनको एउटै लक्ष्य थियो । मागेको साईकलबाटै प्राक्टिस गर्थे । प्रशिक्षक उमंग श्रेष्ठले प्रशिक्षण दिए । प्रतियोगिताको एक हप्ता अघि मात्रै साईकल आईपुग्यो । साईकलबाट जम्प र पम्प हान्न सिके । ट्रेल रेस बनेपछि त्यही प्रशिक्षण गरे । ‘जम्प गर्दा वालमा ठोक्किए । घाँटीमा समस्या आयो ।’ उनी सम्झिन्छन–‘लड्डा लड्दै २ मिनेट ४१ सेकेण्डको समय लगाउँदै रजत पदक जितें ।’

जमूना थापा
जमूना थापा

उमेर ७ वर्षको मात्रै थियो । जतिबेला सडकमा केटाहरु भर्खरै ठूलो साईकल चलाएको देख्थे । आफैंलाई पनि मनभित्र साईकल चलाउने हुटहुटी चल्यो । कैंची गर्दै साईकल चलाउन सिकिन् । सिक्ने रहर थियो । साईकलमा ब्रेक थिएन् । बल्लतल्ला सिक्न थाले । उनी भन्छिन्– ‘साईक्लिङ प्रतिको प्यासन बढ्दै गयो । पारिवारिक दबावलाई थाँती राखेर प्यासन पुरा गर्नतिर लागे ।’ उनलाई साईक्लिङप्रति उत्साह थप्ने काम जगन विश्वकर्माले समेत गरे ।

साईकल चलाउने मनभित्रको तिब्र ईच्छालाई उनले १० कक्षा पढ्ने बेलामा प्यासनलाई उजागार गरिन् । १५ वर्षको उमेरमा स्कुलस्तरीय साईक्लिङ प्रतियोगितामा स्वर्ण पदक जितिन् । १० किलोमिटरको दुरी थियो । पदकसँगै नगद ५ हजार जितिन् । जीवनको पहिलो पदकले उनलाई साईक्लिङको यात्रालाई बढाउन थप प्रेरणा र उर्जा एवं हौसला थपिदियो । एसएलसी दिँए ।

त्यसपछि उनले धरानमा आयोजित प्रतियोगितामास सहभागिता जनाईन् । एसएलसी दिएपछि उनको यात्रा साईकल पसलमा काम थालिन् । द बाईक सपमा । दुई वर्ष काम गरिन् । दिउँसो काम गर्थे । विहान कलेज । अहिले भने उनले साईकल टुर्स एण्ड ट्राभल्समा आवद्ध छन् ।

साईक्लिङप्रतिको आफनो प्यासन पुरा गर्न उनले मोवाईल नै बेचिन् । काम गर्ने पसलबाट प्राप्त पारिश्रमिक साईकल किन्न खर्च गरिन् । १ लाख ३० हजारको साईकल किनिन् । भन्छिन –‘डाउनहिल र ट्रेलरेसको लागि न्युनतम ५ लाखसम्मको साईकल चाहिन्छ । मैले चढ्ने साईकल नर्मल खालको हो ।’ किनेको साईकलको पैसा किस्ताबन्दी गरेर तिरेको सुनाउँछिन् । साईकल पसलमा काम गर्दा मेकानिक्स, गाईड समेत गरेको अनुभव उनीसँग छ । साईक्लिङ गर्दा उनको सबैखाले अनुभव सगाँलेकी छन् । स्टण्ड सिक्दा हात भाचियो । आमा र दिदीको दबाव आयो । परिवारको कान्छी छोरीको हर्कतले सधै तनाव हुन्थ्यो । उनको इन्टे«ष्ट देखेर परिवारले पनि अहिले सपोर्ट गर्न थालेको बताउँछिन् ।

पोखरामा लेडिज साईक्लिष्ट छैनन् । टे«निङ गर्नुपर्दा केटा(जेन्स)सँगै गर्नुपर्छ । लेडिजले इन्टे«ष्ट गरेका छैनन् । कतिपयलाई साईकलबारे प्राविधिक ज्ञान समेत दिन्थे । हरेक क्षेत्रमा केटा(जेन्स)को लागि मात्रै प्रतियोगिता आयोजना गर्दा लेडिजले सहभागिता जनाउन पाउदैनन् । केटाहरुसँगै प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता र बिडम्वना छ । उनीहरुसँगै भिड्नुपर्ने हुदाँ समस्या हुन्थ्यो । लेडिजको इभेण्टमा पनि थप्नुपर्छ भन्ने आवाज उठाउँदैआएको छु । राष्ट्रिय खेलकुद परिषदले काठमाडौंमा आयोजना गरेको साईक्लिङ च्याम्पियनसिप र नेपालगन्जमा आयोजित आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत सहभागिता जनाईन् ।

उनको साईक्लिङ गर्ने उत्साहलाई लक्ष्मी मगरले प्रेरणा थपिन् । ‘तिमी सक्छौं । साईक्लिङमा डेडिकेटेटट छौं भन्नु हुन्थ्यो । सधै हौसला दिनुहुन्थ्यो । उहाँकै प्रेरणाले साईक्लिङ गर्ने अवसरलाई यहाँसम्म ल्याई पुर्याएँ ।’ उनी विगत सम्झिन्छन् । साईक्लिङ गर्दा सबैभन्दा नमिठो क्षण पनि छ । जतिबेला उनको हात भाँचियो, त्यसले पोखरा आईभी रेस खेल्नबाट बन्चित भईन् । उनको लागि यो सबैभन्दा दुखदायी र पीडादायी क्षण थियो ।

साईक्लिङ मात्रै होईन् उनी स्वीमर पनि हुन् । स्वीमर भएकै कारण अहिले पोखरा लामाचौरस्थित गण्डकी बोर्डिङमा पौडी सिकाउँदै आएकी छन् । लाईफ कार्ड(रेस्क्यु गर्ने)को काम समेत गर्छिन् । दुईघण्टा पौडीको सिकाउने समय छुट्टाएकी छन् । उनले गतवर्षको चैतमा ट्रायथोलन च्याम्पियनमा समेत तेस्रो स्थानमा प्राप्त गरेकी थिईन् । उनको हाईच अनुसार साईकलको साईज पाईदैन् । हाईट अनुसारको साईज नपाउँदाको पीडा पनि उनले भोग्दै आएकी छिन् । यद्यपी आफनो प्यासनलाई पुरा गर्ने अठोट छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा खेल्ने धोको छ ।

कमेन्टहरु
Loading...