साइकल संघको अध्यक्षमा दिलिपराज श्रेष्ठ

पोखरा, २८ माघ/कास्की जिल्ला साइकल संघको प्रथम बार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । साधारण सभाले सर्ब सम्मतबाट संघको नयाँ कार्य समिति निर्बाचित गरेको छ । नयाँ कार्य समिति अनुसार संघको अध्यक्षको जिम्मेबारी व्यवसायी दिलिपराज श्रेष्ठले पाएका छन् भने प्रथम उपाध्यक्षमा सुबास सिग्देल र द्धितीय उपाध्यक्षमा शंकर भण्डारी निर्बाचित भएका छन् ।

कास्की जिल्ला साइकल संघको प्रथम बार्षिक साधारण सभाको उद्घाटन शत्र
कास्की जिल्ला साइकल संघको प्रथम बार्षिक साधारण सभाको उद्घाटन शत्र

त्यस्तै सचिवमा जगनबहादुर विश्वकर्मा, कोषाध्यक्षमा इन्द्र गुरुङ र सदस्यहरुमा पुष्पकमल पौडेल, विमल शर्मा, प्रविण पालिखे र तिलक शर्मा चयन भएका छन् । विश्वमा साहसिक खेलका रुपमा चिनिने साइकल खेलले नेपालको पर्यटन उद्योगलाई विकास गर्न पनि ठुलो योगदान दिने सक्ने चर्चा सो साधारण सभाको उद्घाटनका अवसरमा चलेको थियो । कार्यक्रममा बोल्दै पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष दिपक श्रेष्ठले स्वास्थ्यका लागि पनि अति उपयुक्त हुने साइकलको यात्राले वातावरण संरक्षणमा पनि ठुलो योगदान दिने बताए ।

विश्व साइकल यात्री पुष्कर शाहले त साइकल रुटहरु राम्रो बनाउने हो भने नेपाल हरेक बर्ष लाखौं साइकल यात्री पर्यटकहरु ल्याउन सकिने दावी गरे । उनले साइकलमा यात्रा गर्ने सौखिनहरुका लागि नेपाल जस्तो सुन्दर उपयुक्त गन्तब्य अन्यत्र कतै नभएको बताए । “म विश्वसका एक सय ६२ देश घुमे, साइकल यात्रीहरुका लागि नेपाल जस्तो मनोरम स्थल कतै पनि पाइन ।’ उनले भने–“राज्यले अलि ध्यान दिने हो भने देशमा लाखौं पर्यटक ल्याउन सकिन्छ ।’

कार्यक्रममा बोल्दै कास्की जिल्ला साइकल संघका अध्यक्ष दिलिपराज श्रेष्ठले पोखराका साइकलमा यात्रा गर्नेहरुको संख्या बढाउनु पर्ने बताए । “स्वास्थ्य र वातावरणका लागि साइकलमा यात्रा गर्नेहरु बढाउनु जरुरी छ ।’ उनले भने–“यसमा हामीले ध्यान दिनु पर्छ ।’

कमेन्टहरु
Loading...