पोखरामा क्रिसमस चहलपहल, लेकसाइड झिलिमिलि

पोखरा, ९ पुस / पोखराका होटल र रेस्टुराँहरूमा क्रिसमको चहल पहल र सजिसजाउ बनाएका छन् । पर्यटकको आउजाउ बढी हुने लेकसाइड क्षेत्रमा क्रिसमसलाई लक्षित गरी सजिसजाउका साथै विभिन्न कार्यक्रमहरु समेत गरेका छन् ।

क्रिसमस र पोखरामा अग्रेजी नयाँ वर्षमा हुने हुने सडक महोत्सवका लागि पनि सजिसजाउ बनेको हो । क्रिसमस ट्रि र ध्वजा पतकामा सजाएर लेकसाइडलाई झिलिमिलि बनाईएको छ । क्रिसमसको अवसरमा विभिन्न साँगीतिक कार्यक्रम सहित क्रिसमस पार्टी पोखरामा हुने गर्दछन् ।

रात्रिकालिन व्यवसाय हुने ठाउँमा क्रिसमसको समयमा बढी भिड देखिन्छ । क्रिसमस र नयाँवर्ष मनाउन पोखरा आउने आन्तरीक तथा बाह्य पर्यटकहरुको संख्या बढ्ने गरेको होटल बाराहीका म्यानेजर राजकुमार केसीले बताए ।

क्रिसमसका अवसरमा पोखरा सांस्कृतिक कार्यक्रम गरी चाड मनाउन थालिएको छ । क्रिसमसका लागि होटलहरुले सांस्कृतिक कार्यक्रमले मनोरञ्जनका दिएका छन् । ‘क्रिसमस इभ’ मा अन्य धर्ममान्नेहरुले पनि शुभकामना साटासाट गर्दै मनाउन थालेका छन् ।

कमेन्टहरु
Loading...