स्याङजाकी कोरोना संक्रमित महिला उपचारका लागि पोखरामा

पोखरा, १५ जेठ / स्याङजाकी कोरोना संक्रमित कोभिड १९ महिला उपचारका लागि पोखरा ल्याएको छ । पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको आइसोलेसनमा भर्ना गरेको हो ।

वालिङका ५ जनामध्ये बिहीबार बिहान संक्रमण पुष्टि भएकी ३९ वर्षीय महिलालाई पोखरा ल्याएको हो । स्याङजामा महिलाका लागि छुट्टै आइसोलेसन नभएकाले पोखरा ल्याइएको हो ।

आज संक्रमण पुष्टि भएका ३ जनालाई नगरपालिकालाई चैत १२ गते वालिङ आएका थिए । स्याङजामा पहिलोपटक मंगलबार २ जना पुरुषमा कोरोना देखिएको थियो । उनीहरुको जिल्ला अस्पताल स्याङजाको आइसोलेसनमा उपचार भइरहेको छ ।

गण्डकीमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । अहिलेसम्म स्याङ्जाका ५, बागलुङका ८, नवलपुरका ३ जनामा कोरोना देखिएको छ । १६ मध्ये बागलुङका २ जनालाई निको भई फर्किसकेका छन् ।

कमेन्टहरु
Loading...