एसईई तयारी गरेका साथीलाई सन्देशको चिठी ‘नौ दिन नपढ्दा नौलो २० दिनमा विर्सियो’

सन्देश पौडेल
पोखरा, २३ ठुलाखेत

कोरोना कोरानो अर्थात कोभिड १९ !
को न होला र यो नामसँग परिचित नभएको । यो नामले यस्तो रुप लिइदियो कि यो नाम सुन्ने वित्तिकै सबै मानिसको दृष्यमा त्रास उत्पन्न हुन्छ । विश्वमा अहिले यस नामले विकराल रुप लिएको छ ।

नेपालमा पनि यस सुष्म जीवले प्रबेश गरिसकेको छ । सबै नेपालीहरुको मनमा हाउगुजी उत्पन्न भएको छ । यस भाइरसले नेपाली जनजीवनमा ठुलो प्रभाव पारेको छ । नेपाल सरकारले गरेको लकडाउनले विभिन्न समस्याहरु प्रकट गरेको छ । सेकेन्डरी तहको वा स्कुल तहको उच्च परीक्षा एस.ई.ई मुखमा आएर रोक्किएको छ ।

म पनि निलगिरी बोर्डिङ्ग न्यूरोड पोखरामा अध्ययनरत कक्षा १० को विद्यार्थी हुँ । चैत्र ५ गते हामी सबै विद्यार्थीहरु भोलीको अंग्रेजी विषयको तयारी गरेर बसेका थियौं । जब बेलुकी भयो तव हाम्रो तयारी छताछुल्ल पार्ने खबर सुन्नमा आयो ।

छिनमा नै त्यो खबर भाइरल भएछ र हाम्रो गुरु निन्याउरो मुख बनाएर भन्नु भयो, “बाबुनानी हो, एस.ई.ई परीक्षा त स्तगित पो भएछ ।” यो खबर सुन्न साथ हामी एकछिन वाल्ल पर्यौ । र भन्यौं, “जावो ९ दिन पनि सरकारले परीक्षा सञ्चालन गर्न सकेन ।” परीक्षा स्तगित भए पछि सम्पुर्ण विद्यार्थी चैत्र ६ गते आ–आफ्ना घर फर्किए ।

दुर्गम ठाउँबाट परीक्षा दिन भनि शहर आएका विद्यार्थीहरुलाई अझ बढि पिडा भयो । त्यत्रो दिनसम्म कोठा भाडामा बसेका विद्यार्थीहरुलाई यो कुरा त ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भने झै भयो । अब परीक्षा कहिले हुने हो । भन्ने अबगत छैन । सम्पुर्ण विद्यार्थीहरुलाई सायद नै अब पुन किताब पल्टाउन मन लाग्दैन । नौ दिनसम्म किताव हेरेन भने त्यो नौलो हुन्छ र विस दिन सम्म पनि हेरेन भने त विर्सिन्छ भन्ने कुरा नेपाली उखान अहिले सत्य भै भएको छ ।

सबै विद्यार्थीले कमसेकम विहान ३ घण्टा र वेलुकी ३ घन्टा किताब हेर्नुहोस । यसले हजुरहरुको पढाइमा सहयोग गर्नेछ । म पनि विहान र बेलुकी पढ्ने गर्छु । दिउसोको समयमा एन.टि.भी प्लसले ११ वजे देखि ३ बजे सम्म विभिन्न पाठ्यक्रम लिएर उपस्थित हुने गर्छ । म त्यो हेर्ने गर्छु र हजुरहरु पनि त्यो हेर्न सक्नुहुन्छ ।

एस.ई.ई. व्याज २०७६ भनेको त हामी एस.ई.ई व्याज २०७७ मा हुने भयो कि क्या हो ? यो व्याजलाई त कोरोना व्याज पनि भनेर पछि सम्म सम्झन सजिलो होला जस्तो छ । तर अवश्यनै यो भाइरस नियन्त्रण हुन्छ र पहिलेको जस्तै विश्व आफ्नो गतिमा चल्ने छ । त्यसका लागि हामीले विभिन्न सर्तकता अपनाउनु पर्छ । बेला बेलामा साबुन पानीले हात धुनु पर्छ र त्यो सम्भव सेनिटाइजरको प्रयोग गर्नु पर्छ । अनिवार्य रुपमा माक्सको प्रयोग गर्नुर्छ । सामाजिक दुरी उपनाउनु पर्छ ।

भिडभाड भएको ठाउँमा जानुहुँदैन र समाजमा सचेतना जगाउनु पर्छ । विद्यार्थीको काम भनेको केबल झोला बोक्नु मात्र होइन, समाजमा समस्या आइलाम्दा आफुले गर्न सक्ने काम गर्नु प्रमुख दाइत्व हो । हामीले समाजमा लगाएत घर परिवारमा सचेतना फैलाउन सक्छौं ।

प्रकृतिले लिएको यस परीक्षामा विश्व अवश्यनै पास हुन्छ र विश्व पास भए लगतै हाम्रो एस.ई.ई. को पनि परीक्षा हुन्छ । त्यसमा हामी राम्रो ग्रेड ल्याएर पास हुनु पर्छ ।

धन्यवाद ।।।

कमेन्टहरु
Loading...