बागलुङकी सापकोटाको ५ औं पटक परीक्षण गर्दा कोरोना नेगेटिभ

पोखरा, ११ वैशाख /कोरोना भाइरस कोभिड १९ संक्रमणका कारण धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचाररत अंशु सापकोटाको रिपोर्ट नेगेटिभ आएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा बिहीबार गरिएको स्वाब परीक्षणमा उनको नतिजा नेगेटिभ गण्डकी प्रदेश स्वास्थ्य निदेशनालयका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए ।

४ पटकसम्म ती युवतीको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । उनको भोली पुन स्वाब परीक्षण गर्दा नेगेटिभ आएमा उनलाई घर पठाइने छ ।

बेल्जियमबाट कतार हुँदै नेपाल आएकी ती युवतीमा चैत १५ गते कोरोनाभाइरस पोजेटिभ देखिएको थियो ।

बेल्जियमबाट चैत ४ गते उनीसँगै बागलुङ पुगेकी अर्की वृद्धा भने यसअघि नै कोरोनालाई जितेर घर फर्किएकी छिन् ।

कमेन्टहरु
Loading...