पोखरा, २१ चैत/ पोखराको ल्याब परीक्षण गर्दा एक जना व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षमा कोरोनाको संक्रमण पोजेटिभ देखिए पछि पुनः परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।
कोरोनाको परीक्षण कम्तीमा ३ पटकसम्म गरिने हुँदा पहिलो परीक्षणमा पोजेटिभ देखिएपछि अर्को परीक्षणको लागि प्रदेशले काठमाडौं पठाएको हो । त्यहाँ भएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि पुनः परीक्षण गर्न लागिएको जनाइएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले पोखरामा कुनै पनि व्यक्तिको रिपोर्ट हालसम्म पोजेटिभ नआएको दाबी गरेका छन् । ‘केही समय कुरौं, पछि थाहा हुनेछ,’ डा. शर्माले भने । सामाजिक संजालमा समेत विभिन्न पदमा रहेका व्यक्तिहरुले समेत आफ्नो स्टाटसमा नेपालका सातौं व्यक्ति कोरोनाबाट संक्रमित भएको लेखेका छन् । ती व्यक्ति भारतबाट आएको भनिएको छ ।
पोखरामा २ दिनअघि देखि कोरोना परीक्षण सुरु भएको हो । यहाँबाट आएका नतिजा भेरिफाइ गर्न हालसम्म ४ वटा नमुना काठमाडौं पठाइ सकिएको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रका नवराज शर्माले बताए ।
हिजोमात्रै बागलुङकी एक महिलामा देखिएको कोरोना संक्रमित पछि उनलाई उपचारार्थ अस्पताल लैजाने तयारी गर्दा एक्कासी एम्बुलेन्स चालक समेत बेपत्ता बनेका थिए ।
सोसँगै कोरोना संक्रमित बिरामीलाई छुन र उपचारमा लाग्न सम्बद्ध कोही पनि व्यक्ति अघि नसर्ने देखिएकोले संक्रमितको विवरण सरकारले लुकाएको आशंका जनताको छ । जोन हप्किन्स विश्वविद्यालयले सार्वजनी गरेको तथ्याङकमा नेपालमा ७ जनामा कोरोना देखीएको देखाएको छ ।