गण्डकी प्रदेशबाट कोरोना (कोभिड–१९) का २१ नमुना परीक्षणलाई काठमाडौ पठायो

पोखरा, १७ चैत / गण्डकी प्रदेशबाट कोरोना भाइरस (कोभिड–१९) का २१ जनाको नमुना काठमाडौ पठाएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा विभिन्न जिल्लाबाट आइतबार र सोमबार संकलन भएका स्वाबहरु काठमाडौं पठाएको हो ।

सोमबार राति ९ वटा स्वाबलाई गाडीबाट र बागलुङबाट आएको १२ स्वाबलाई मंगलबार हेलिकप्टर मार्फट काठमाडौं परीक्षणका लागि पठाएको हो । बागलुङ नगरपालिका ४ कुँडुलेकी कोरोना भाइरस (कोभिड १९) संक्रमित युवतीको परिवार र उनका साथीहरुको स्वाब लिइएको छ ।

धौलागिरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मीको टोलीले सोमबार दिउँसो संक्रमितको परिवारका सात सदस्य र अन्य साथीहरुको गरि १२ जनाको स्वाब संकलन गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले जानकारी दिए ।

त्यसै गरी कास्कीबाट ७ जना, स्याङजा, तनहुँबाट एक÷एक जनाको स्वाब परीक्षणका लागि पठाएको उनले बताए । पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा पछिल्लो दिनमा नमुना परीक्षण र उपचारका लागि विरामीहरु आउन थालेका छन् ।

गण्डकी प्रदेशमा ३२ जनाको कोरोना परीक्षण भएकोमा २० जनाको नेगेटिभ, १ को पोजेटिभ आएको छ । पोजेटिभ बागलुङकी एक युवती हुन् । उनको बागलुङ कै अस्पतालमा आइसोलेजनमा छन् ।
दुई महिना अघि बेल्जियम पुगेकी उनी ४ चैतमा कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् ।

कतार एयरको त्यही फ्लाइटमा आएकी काठमाडौंकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि उनको पनि नमुना परीक्षण गरिएको थियो, जसमा पोजेटिभ रिपोर्ट आएको थियो ।

कमेन्टहरु
Loading...