गण्डकी प्रदेशबाट कोरोना (कोभिड–१९) का ९३ परीक्षण, २ पोजेटिभ, ७३ नेगेटिभ

पोखरा, २३ चैत / गण्डकी प्रदेशबाट कोरोना भाइरस (कोभिड–१९) का ९३ जनाको नमुना संकलन गरेर परीक्षण गरेको छ । अहिले सम्म ९३ नमुना संकलन गरी परीक्षण गरेका मध्ये १८ वटाको रिर्पोट आएको छ । जसमा ७३ जनाको नेगेटिभ, २ को पोजेटिभ आएको छ भने १८ जनाको रिर्पोट आउन बाँकी छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सबै भन्दा बढि कास्कीमा ४१ जनाको नुमना संकलन भएको छ । मनाङ, मुस्ताङ र नवलपुरमा अहिले सम्म कुनै संकास्पद नभेटिए पछि नमुना संकलन गर्न नपरेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले जानकारी दिए ।

अहिले सम्म बागलुङका १८ जना, स्याङजाका ८ जना, पर्वत १४, लम्जुङका ७ जना, तनहुँ १ गोरखा २ म्याग्दीका ३ जनाको स्वाब परीक्षणका गरिएको छ । पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा पछिल्लो दिनमा नमुना परीक्षण र उपचारका लागि विरामीहरु आउन थालेका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा ४६ वटा परीक्षण गरीएको २८ वटामा संक्रमण नदेखिएको र १८ वटाको नतिजा आउन बाँकी रहेको शर्माले बताए । पोजेटिभ दुई जना नै बागलुङका रहेका छन् । उनीहरुको धौलागिरी अञ्चल अस्पतालको आइसोलेजनमा उपचार भईरहेको छ ।

उनीहरु बेल्जियमबाट ४ चैतमा कतारको दोहा हुँदै काठमाडौं पोखरा हुदै बागलुङ पुगेका थिए । कतार एयरको त्यही फ्लाइटमा आएकी काठमाडौंकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि उनीहरुको पनि नमुना परीक्षण गरिएको थियो, जसमा पोजेटिभ रिपोर्ट आएको थियो ।

कमेन्टहरु
Loading...