कोरोना संक्रमितको संख्या ३ जना थपियो

पोखरा, १७ वैशाख / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार कोरोना संक्रमित ३ जना थपिएको जानकारी दिएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण गर्दा थप ३ जनाको पोजिटिभ देखिएको मन्त्रालयले बताए ।

पर्सा जिल्लाका ४६ वर्षीय पुरुष र बारा जिल्लाका ३१ र ४३ वर्षीय पुरुष रहेका छन् । उनीहरु सिमरामा क्वारेन्टाइनमा रहेका थिए । उनीहरुलाई नारायण अस्पालमा उपचाररत राखिएको छ । कोरोना संक्रमित मध्ये १६ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङका क्रममा परीक्षण नगराएमा आफू, परिवार र सिंगो समाजमा जोखिम बढ्न सक्ने बताए ।

कमेन्टहरु
Loading...