कोरोना संक्रमित किशोरीसँगै नेपाल आएका युवा घरमै, आइसोलेसनमा राख्ने तयारी

बागलुङ, ११ चैत / नोबेल कोरोना भाइरस (कोभिड–१९) संक्रमित फ्रान्सबाट फर्किएकी किशोरी सँगै आएका बागलुङ ढोरपाटनका युवा घरमै रहेको पाइएको छ ।

चैत्र ४ गते फ्रान्सबाट फर्किएकी १९ वर्षीया किशोरीको आइतबार स्वास्थ्य परीक्षण गर्दा भाइरस पोजेटिभ पाइए देखिएको सोमबार सार्वजनिक भएको थियो ।

उनीसँगै जहाजमा आएका ढोरपाटन नगरपालिका ५ अधिकारी चौरका एक युवालाई विशेष निगरानीमा राख्न पहल थालिएको छ ।

ती युवा फ्रान्सबाट आएर एकरात काठमाडौंमा बसी भोलीपल्ट बागलुङ पुगेका थिए । अहिले उनी अहिले घरमै रहेका छन् । उनी कोरोना संक्रमण भएका किशोरीसँगै आएको खबर पछि गाउँले भयभित भएका छन् ।

घरमा रहेका उनलाई पैदल यात्रामार्फत मंगलबार बुर्तिबाङ बजारमा ल्याइने तयारी छ । ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले जानकारी दिए । संक्रमित किशोरीको उपचार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भइरहेको छ ।

कमेन्टहरु
Loading...