गण्डकी प्रदेशमा ५ जिल्लामा विदेशबाट आएको कोरोना ¥यापिड परीक्षण शुरु

पोखरा, २९ चैत / गण्डकी प्रदेशमा ५ जिल्लामा विदेशबाट आएकाहरुको ¥यापिड डाइगोनिष्टक टेष्ट (आरडिटी) परीक्षण शुरु गरेको छ । शुक्रबारबाट गण्डकी प्रदेशका बागलुङ, कास्की, म्यादी, गोरखा, स्याङजामा परीक्षणमा परीक्षण शुरु गरेको हो ।

त्यसै गरी पर्वत, तनहुँ, लम्जुङ, नवलपुर, मनाङ, मुस्ताङ जिल्लामा परीक्षणका लागि ¥यापिड डाइगोनिष्टक टेष्ट (आरडिटी) किट पठाएको स्वास्थ्य निर्देशनलय गण्डकी प्रदेशका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।

आरडिटीबाट शनिबार ६ सय ४९ जनाको परीक्षण गरिएको बताए । बागलुङमा ३ सय ३ जना, गोरखामा २ जना, कास्कीमा १९ जना, स्याङजामा १ सय १९ जना र म्याग्दीको ३३ जनाको परीक्षण गरिएको उनले बताए । सबै जनााको नेगेटिभ आएको उनको भनाई छ ।

चैत महिनामा विदेशबाट आएका सबैको कोभिड–१९ को संक्रमण अवस्था जान्नका लागि परीक्षण गर्ने सरकारी नीतिअनुसार लकडाउनअघि आएका सबै जनाको परीक्षण गर्न लागिएको उनले बताए ।

आरडिटी किटमार्फत कोरोना परीक्षण गर्दा १५ मिनेटमै नतिजा आउछ । सम्बन्धित स्वास्थ्यकर्मीलाई परीक्षण तालिम दिएर पठाएका कारण केही दिनमानै परीक्षणको मापदण्डमा पर्नेको जाँच गरि सकिने उनले बताए ।

संघिय सरकारले प्रदेश सरकारलाई कोरोना ¥यापिड टेष्टका लागि पाँच हजार थान किट बिहीबार उपलब्ध गराएसँगै प्रदेशका सबै जिल्लामा परीक्षण शुरु भएको उनले बताए । गण्डकी प्रदेशमा अहिले पछिल्लो समयमा ४ हजार ५ सय ४३ जना आएको तथ्याङक छ ।

कमेन्टहरु
Loading...