कोरोनाले संघिय शासनको औचित्य पुष्टि– मुख्य गुरुङ

पोखरा, २२ जेठ/ गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुव्वा गुरुङले कोरोनाले सिर्जित अप्ठेरो परिस्थितिले संघीय शासन प्रणालीको औचित्यलाई थप पुष्टि गरेको बताएका छन् ।

प्रदेश सभामा प्रस्तुत सरकारको वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा सदस्यहरूले राखेको प्रश्नको जवाफ दिदै उनले असामान्य, असाधारण, जटिल, विषम र अल्कपनीय अवस्थामा नीति तथा कार्यक्रम आएको बताए ।

कोरोनोको रोकथाम र नियन्त्रणमा प्रदेश सरकारको उल्लेखनीय भूमिकाबाट प्रदेश सभाको औचित्य पुनःपुष्टि भएको बताए । उनले संघीय शासन प्रणालीको सुदृढीकरण गर्दै प्रदेश तथा स्थानीय तहलाई प्रभावकारी बनाउनुपर्छ भन्ने कुरालाई थप स्पष्ट पारेको उल्लेख गरे ।

विरामीको स्वास्थ्यो उपचार, विशिष्टिकृत अस्पताल स्थापना लगायतमा देखाएको कृयाशिलताले प्रदेश सरकारको औचित्य खोज्नेका लागि दरिलो जवाफ दिएको मुख्यमन्त्री गुरुङले बताए ।  विषय परिस्थितिमा प्रदेश सरकारले निभाएको भूमिकालाई नजरअन्दाज नगर्न उनको आग्रह थियो ।

सत्ता पक्षले सबै राम्रो भन्नुपर्ने, प्रतिपक्षले खोजी खोजी तथ्यहीन कुरा खोज्नुपर्ने संस्कृतिमा सुधार आउनुपर्नेमा जोड दिदै उनले सकारात्मक आलोचना, सुझाव, टिप्पणी स्वीकार गर्न प्रदेश सरकार तयार रहेको स्पष्ट पारे ।

लोकतन्त्रमा विश्वास गर्ने पार्टी सरकार यसका मुलभुत सिद्धान्त र मान्यताबाट टाढा भएर जनताको विश्वास घात गर्न नसक्ने उल्लेख गर्दै मुख्य मन्त्री गुरुङले संघीयताको कार्यान्वयन, प्रदेश सभाको औचित्य पुष्टि गर्ने सन्दर्भमा गण्डकी प्रदेश सरकारले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए ।

उनले प्रदेशमा अत्याधुनिक प्रविधियुक्त प्रदेश संक्रामक तथा सरुवा रोग अस्पताल एक सय शैया क्षमताको लेखनाथको लायन्स सामूदायिक अस्पताललाई विकास गरी अघि बढाउने बताए । उनले ५ सय शैयाको गण्डकी विश्वविद्यालय अन्तर्गत शिक्षण अस्पताल स्थापना गरिने बताए ।

नीति तथा कार्यक्रममा छलफलका क्रममा प्राप्त सकारात्मक सुझावलाई आत्मसात गर्दै अघि बढीने मुख्यमन्त्री गुरुङको भनाई छ । नीति तथा कार्यक्रमम बाहुमतले पारित भएको छ ।

कमेन्टहरु
Loading...