गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण

पोखरा, १३ असार / गण्डकी प्रदेशमा शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भए सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ सय ९२ पुगेको छ ।

प्रदेश क्षयरोग केन्द्र पोखरा र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्याङजामा २२ जना, बागलुङमा ८ जना र नवपुरमा २ जनामा कोरोना संक्रमण देखीको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए ।

बागलुङको ढोरपाटन नगरपालिका १ जना, काठेखोला गाउँपालिका ७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसै गरी स्याङजाको पुतलीबजार नगरपालिकामा १ जना, विरुवा गाउँपालिकामा १ जना, अर्जुनचौपारी गाउँपालिकामा १ बर्षिय बालब एक जना सहित १३ जना पुरुष र ६ जना महिला र वालिङ नगरपालिकामा १ जनामा कोरोना पुष्टि भएको शर्माले जानकारी दिए ।

त्यसै गरि नवलपरासीका हुप्सेकोट गाउँपालिकाका २ जना पुरुषमा कोरोना देखिएको हो । यो सँगै नवलपुरमा संक्रमितको संख्या २ सय १२ पुगेको छ ।

बागलुङमा १ सय ५१, स्याङजामा १ सय ५८, तनहुँमा १ सय २, पर्वतमा ७०, गोरखामा ७७, कास्कीमा ३५, म्याग्दीमा १४, लमजुङमा १७, मनाङ र मुस्ताङमा १/१ जनामा कोरोना संक्रमण देखि सकेको छ । गण्डकीमा अहिले सम्म १ सय १८ जना निको भएर घर फर्किएका छन् भने २ जनाको मृत्यु भएको छ ।

कमेन्टहरु
Loading...