पोखरा महानगरका चार वडामा विदेशबाट आएका ६७ जना घरमै क्वारेन्टाइनमा

पोखरा, १६ चैत / पोखरा महानगरपालिका वडा न. २७ विदेशबाट आएका १३ जना आफ्नै घरमा क्वारिन्टाइनमा बसेका छन । विदेशबाट आएकाको वडा कार्यालयले तथ्यांक संकलन गरी उनिहरुलाई आफ्नै घरमा सुरक्षित पूर्वक बस्न आग्रह गरिएको र सो को अनुगमन गरिएको वडाध्यक्ष पुर्णकुमार गुरुङ्गले जानकारी दिए ।

वडाध्यक्ष गुरुङ्गले वडाको बडहरे गन्धर्व टोलमा भारतबाट आएका ४ जना, कालीगण्डकी विद्युतको सव स्टेशन नजिक खाडी मुलुकबाट आएका एक जना, कोलेफाँट टोलमा खाडीबाटै आएका १ जना, भित्री डाँडाको नाकमै खाडी बाट आएका एक जना, लक्ष्मी आदर्श टोल नजिक खाडीबाट आएका एक जनालाई घरमै सुरक्षित पूर्वक क्वारिन्टाइनमा बस्न भनिएको बताए ।

यसैगरी रिठेपानी जलजले टोलमा माल्दीभ्सबाट आएका ए जना र रिठेपानी दुर्गा टोलका आमा छोरा बेलायतबाट आएकालाई पनि सावधानी अपनाउन भनिएको वडाध्यक्ष गुरुङ्गले जानकारी दिए । यसैगरी एकता टोलमा भारतबाट आएका आमा छोरालाई पनि आफ्नै घरमा क्वारिन्टाइनमा बस्न भनिएको छ ।

उनिहरुको नियमित अनुगमन गर्न सम्वन्धीत क्षेत्रका वडासदस्यहरुलाई जिम्मेवारी दिइएको पनि वडाध्यक्ष गुरुङ्गले बताए । उनले दैनिक ज्यालादारी काम गरेर परिवार पाल्नेहरुलाई सहयोगको तयारी भैरहेको समेत जानकारी दिए । सरकार र आधिकारीक निकायबाट दिईएको स्वास्थ्य निर्देशनलाई पालना गरी लकडाउन अवधिभर घरमै बसीदिन समेत वडाध्यक्ष गुरुङ्गले आग्रह गरेका छन् ।

यसैगरी पोखरा महानगरपालिका वडा नं ३२ का विभिन्न ठाउँहरुमा २३ जना विदेशबाट आएकाको तथ्यांक संकलन गरिएको वडाध्यक्ष अक्कल वहादुर कार्कीले जानकारी दिए । उनले वडाको खुदीखोला र बडहरे क्षेत्रमा विदेशबाट आउनेहरुको संख्या बढी भएको उल्लेख गर्दै, घरमै सुरक्षितपूर्वक क्वारिन्टाइनमा बस्न आग्रह गरिएको र वडासदस्यलाई अनगमनका लागि जिम्मेवारी तोकिएको बताए ।

वडाध्यक्ष कार्कीले यो समयमा समूह बनाएर मकै गोड्ने चैते धान रोप्ने जस्ता कृषिकर्मका कारण समस्या परेको उल्लेख गरे । सरकारले लकडाउन भनेको छ, तर कृषकहरुले विहानै देखी समूह बनाएर मकै गोडीरहेका छन्, अध्यक्ष कार्कीले भने — कसरी नियन्त्रण गर्ने ?” वडाध्यक्ष कार्कीले विपन्न बस्तमा खाद्यान्न सहितको राहत प्याकेज महानगरसँग समन्वय गरेर छिट्र्ट व्यवस्थापन गरिने समेत बताए ।

यता पोखरा महानगरकै वडा नं. ३० मा भने १३ जनाको तथ्यांक प्राप्त भएको वडाध्यक्ष श्रीराम पोखरेलले जानकारी दिए । उनले चैत्र १ गते देखी यात्रा बिवरण रहेका १३ जनाको नाम वडालाई प्राप्त भएको उल्लेख गर्दै, सेल्फ क्वारिन्टाइनमा बस्न आग्रह गरिएको र समय समयमा निगरानी गरिएको समेत जानकारी दिए । वडाध्यक्ष पोखरलेलले वडामा अप्ठ्यारो परेको अवस्थामा रहेका वडावासीहरुलाई सहयोग गर्न आफ्नो नम्बरमा सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।

वडाध्यक्ष पोखरेलका अनुसार वडा नं. ३० को रामबजारमा २ महिला भारतको व्यङलोर र एक पुरुष दुवईबाट आएको बिबरण प्राप्त भएको छ । यस्तै गगनगौडामा कतारबाट १ जना, खुदी माछापुच्छे« टोलमा पति पत्नी सहित दुई जना चैत ७ गते कतार एयरवेजबाट आएका र उनिहरु घरमै क्वारिन्टाइनमा रहेको वडाध्यक्ष पोखरेलले बताए ।

यसैगरी शिशुवा बजारमा १ जना पुरुष कतारबाट र खयरखोरमा दुईजना महिला भारतबाट एवं सुकेडाँडामा एक जना पुरुष हङकङबाट आएको र घरमै क्वारेन्टाइनमा बस्न आग्रह गरिएको बताए । वडाध्यक्ष पोखरेलले अहिलेसम्म त्यस्तो संक्रमण नदिएपनि उच्च सर्तकता अपनाउन भनिएको जानकारी दिए ।

यसैगरी पोखरा महानगरपालिका वडा नं. २९ मा बिदेशबाट आएका १८ जनाको तथ्यांक संकलन गरिएको र उनिहरुलाई घरमै क्वारिन्टाइनमा बस्न भनिएको वडाध्यक्ष चेतवहादुर गुरुङ्गले जानकारी दिए । उनले सचेतनाका लागि घरदैलो, माइकिङ र विभिन्न संचारमाध्यमबाट सन्देश प्रसारण गरिएको उल्लेख गर्दै, विषम परिस्थितिमा राज्य र महानगरले जारी गरेका निर्देशन पालना गर्न वडाबासीलाई आग्रह गरेका छन् ।

उनले बजारको अनुगमन गरिएको र अत्यावश्यक खाद्यान्न लगायतका सामाग्रीका लागि केही समय बजार खुलाउन आग्रह गरिए पनि प्रहरीले बन्द गराउदै हिडेकाले समस्या भएको बताए । वडाध्यक्ष गुरुङ्गले प्रहरी प्रशासनसँग समन्वय गरेर सामाजिक दुरी कायम गरी बजारमा खाद्यान्न, औषधी लगायतका अत्यावश्यक सामाग्री उपलब्ध गराउन सहजीकरण गर्नु पर्नेमा समेत जोड दिएका छन् ।

कमेन्टहरु
Loading...