प्रजातन्त्रका सेनानी सापकोटाको निधन

पोखरा, ६ चैत/ प्रजातन्त्रका सेनानी मित्रलाल सापकोटाको निधन भएको छ। ८९ वर्षिय सापकोटाको आईतबार साझ निधन भएको हो । पोखरा–१४ चाउथे निवासी सापकोटा केहि वर्ष देखि मुुटु रोगबाट पिडित थिए।

नेपाली काँग्रेसमा आवद्ध रहेर २००७ साल देखि नै प्रजातान्त्रिक आन्दोलनमा सकृय भएर लागेका सापकोटा पार्टीको पोखरा–१४ को इकाई सभापति, जिल्ला सदस्य र महाधिवेशनमा समेत निर्वाचित भएका थिए। स्वर्गिय गुरुङको सोमबार रामघाटमा दाहासस्कार गरिएको थियो । स्वर्गिय सापकोटाका दुई श्रीमती र दुई छोरा रहेका छन् ।

यसैवीच नेपाली काँग्रेस कास्की क्षेत्र नं. १ का सांसद तथा नेपाली काँग्रेस कास्कीका निवर्तमान सभापति यज्ञबहादुर थापाले एक शोक विज्ञप्ति प्रकाशित गरि सापकोटाको निधनले स्तब्ध बनाएको बताएका छन् । सुर्वण शमशेर र विपि सग सगै राजनिति यात्रा शुरु गरेका सापकोटाको निधनले पार्टीलाई ठुलो क्षती पुगको भन्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना प्रकट गरिएको छ।

सांसद थापाले नेपाली काँग्रेसको वानस्थलीमा भएको संसदिय दलको अनौपचारिक बैठकमा सापकोटाको जिवनीका वारेमा प्रकाश पार्दै श्रद्धाञ्जली अर्पण गरेका थिए। यसैगरि सांसद थापाले नेपाल तरुणदल लेखनाथका सभापति सागर गुरुङकी आमा मैता गुरुङको निधन प्रति दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् ।

कमेन्टहरु
Loading...